नेपालगन्ज : बाँकेको खजुरामा भोलि असोज १६ गते आयोजना गरिने दशै महोत्सवको तयारी सकिएको छ । आदर्श युवा बचत समुहले आयोजनागर्न लागेको महोत्सवको अघिल्लो दिन आज शनिबार एक नम्बर बजार क्षेत्रमा सरसफाई गरिएको थियो । विहान गरिएको सरसफाई कार्यक्रममा समुहका सदस्यहरु, स्थानिय व्यापारी, शिक्षक, वुद्धिजिवि लगाएतको उपस्थित रहेको थियो ।
समुहले आयोजना गर्न लागेको महोत्सवमा निशुल्क स्वास्थ्य चेकजाचँ विहान ९ बजेबाट संचालन गरिने दशैं महोत्सव तथा सास्कृतिक कार्यक्रम २०७९का संयोजक खगेन्द्र दाहालले जानकारी दिए । हिन्दु नेपालीहरुको महान पर्व बडा दशैको अवसर पारेर खजुरामा आयोजना गर्न लागेको महोत्सवमा चर्चित गायक तथा संगितकार राजेन्द्र बजगाई, चर्चित मोडल आरुसी मगर लगाएत स्थानिय स्तरमा ख्याति कमाएका कलाकारको प्रस्तुति रहने संयोजक दाहालले जनाए ।
स्वास्थ्य शिविरका लागि नेपालगन्जमा रहेको लाइफ लाइन हस्पिटल एण्ड जनरल अस्पताल संग सहकार्य गरिएको समुहका सचिव सुवास निरौलाले जनाए । स्थानिय कलाकारलाई महोत्सवमा महत्वका साथ प्राथमिकता दिइएको आयोजकले जनाएको छ । स्थानिय कला सस्कृतिको जगेर्णा गर्न महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने आयोजकले जनाएको छ । दशै पर्वलाई वृहत बनाउन शुभकामना आदान प्रदान, सास्कृतिक कार्यक्रम, स्थानिय सामुदायिक ३ वटा विद्यालयलाई डस्टविन वितरण सगैं निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गरिन लागेको समुहका अध्यक्ष कुंवरले जानकारी दिए ।
समुहका सदस्यलाई महोत्सवमा लगाउनका लागि पोषाक नेपालगन्ज जिल्ला प्रशासन कार्यालय अगाडि रहेको श्री हनुमत स्टेश्नर्स एण्ड अर्डर सप्लायर्सले प्रदान गरेको छ । महोत्सवलाई एक सचेतनाका रुपमा समेत लिन संयोजक दाहालले आग्रह गरे ।