सार्वजनिक शौचालयभित्र पसलका सामान

नेपालगन्ज, १४ असोज : नेपालगन्ज उपमहानगरपालिकाको एउटा सार्वजनिक शौचालय दुरुपयोग हुँदै आएको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिका नापी कार्यालय छेउमा रहेको रहेको अपांग र अशक्तमैत्री सार्वजनिक शौचालयको रेखदेख गर्ने जिम्मेवारी पाएका रहिम अन्सारीले शौचालयभित्र आफ्नो पसलका सामानहरु राखेको पाइएको छ ।

साथै उक्त शौचालयको परिसरमा आफ्नो मासु पसलका बाख्राहरु लुकाउन पनि दुरुपयोग गरिरहेको पाइएको हो । शुक्रबार उक्त शौचालयभित्र कुर्सी र टेबलहरु राखिएको पाइएको थियो भने अपांगमैत्री शौचालयमा ताल्चा लगाइएको पाइएको थियो । साथै शौचालयको सरसफाई पनि नगरिएको पाइएको थियो ।

प्रतिक्रिया