जन जागरणको साधारण सभा सम्पन्न

नेपालगन्ज : जनजागरण समाज, खजुरा बाँकेको १९औ साधारण सभा तथा जनजागरण बहुउद्देश्यीय सहकारी संस्था लि.को १५औ साधारण सभा सम्पन्न भएको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर वि.क.को प्रमुख आतिथ्यमा सम्पन्न भएको सभाले खेमराज वर्माको अध्यक्षता ७ सदस्यीय जनजागरण समाजको नयाँ कार्य समिति चयन गरेको छ । त्यस्तै होमराज कुर्मीको अध्यक्षतामा ११ सदस्यीय जनजागरण बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समिति पनि निवार्चित गरेको छ ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले जनजागरण समाजले पिछडिएका समुदायका लागि प्रभावकारी कार्यक्रम संचालन गर्दै आएको बताए । अध्यक्ष विकले जन जागरण समाजले जस्तो अन्य गैरसरकारी संस्थाले पनि गर्न सक्नुपर्नेमा जोड दिए । जन जागरण समाज खजुराका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले सस्थाको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया