नेपालगन्ज : एक स्वास्थ्यको अवलम्बन रेविजबाट शुन्य निधन भन्ने नारा सहित बाँकेमा १६ औं विश्व रेविज दिवस मनाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेले सप्ताहव्यापी कार्यक्रम गरेर दिवस मनाएको हो । असोज ६ गतेदेखि शुरु गरिएको कार्यक्रम आज एक समारोका विच समापन गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीको अध्यक्षतामा गरिएको समापन कार्यक्रममा बोल्दै एनिमल नेपालका वरिष्ठ पशुस्वास्थ्यकर्मि डा. सतिस कुमार यादवले २०३० सम्म विश्वलाई रेविज मुक्तको अभियान नै संचालन गरिएको बताए । डा. यादवका अनुसार हरेक वर्ष एनिमल नेपालले विभिन्न सरोकारवाला संग सहकार्य गरेर यस्ता कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेको बताए । डा. यादवले हरेक वर्षजसो २ सयको हारहारीमा नेपालगन्जमा रहेका कुकुरहरुलाई मात्रै रेविज विरुद्धको खोप लगाइने गरिदै आइएको छ । भेटेरिनरी अस्पतालका प्रमुख अधिकारीले रेविज भाइरस बाट लाग्ने रोग भएकाले सचेत बन्न आवश्यक रहेको उल्लेख गरिन् ।
प्रमुख अधिकारीले लिसा भाइरस बाट कुनै प्राणिमा असर देखाउँछ भने रेविज फैलिएको भनेर बुझन पर्ने बताइन । रेविजको उपचार नभएको र यसको रोकथाम मात्र भएकाले यस रोग ९९ प्रतिशत कुकुर बाटै सर्ने विज्ञ केन्द्रका प्रमुख अधिकारीले बताइन । १ प्रतिशत भने चमेरा, स्याल जस्ता अन्य जिवबाट सर्ने जानकारी अधिकारीले दिइन । अहिले बाँके जिल्लाको हरेक स्थानिय तहहरुमा पनि रेविज विरुद्धको खोप लगाइरहेको अधिकारीको भनाइ छ ।
जिल्लाभर कुकुरलाई रेविजको भ्याक्सीन निशुल्क रुपमा लगाइदै आइएको विज्ञ केन्द्रले जनाएको छ । समापन कार्यक्रममा एनिमल नेपालका डा. दिपेश कुमार शाह, भेटेरिनरी अस्पतालका डा. रानु दाहाल, पशुसेवा तालिम केन्द्रका प्राविधिक अधिकृत भोज रावल, भेटेरिनरी अस्पतालमा कार्यरत कर्मचारीहरु, सेवा ग्राहि लगाएतको उपस्थिती रहेको थियो । ६ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रममा झण्डै १ सय कुकुरहरुलाई भ्याक्सीन लगाइएको छ ।