
नेपालगन्ज : बाँकेको खजुरामा न्यु डाँफे स्पोट्र्स क्लवको आयोजनामा डाँफे कप फुटबल प्रतियोगिता सुरु भएको छ । हरेक वर्ष प्रतियोगिता संचालन गर्ने न्यु डाँफे स्पोट्र्स क्लवले यस पटक पनि प्रतियोगिताको आयोजना गरेको हो । २३ टिम सहभागि भनिएकोमा उद्घाटन सम्म २१ ीटमले मात्र सहभागिता जनाउने भएको आयोजकले जनाएको छ ।
खजुराको मिनि रङ्गशाला डि गाऊँको खेल मैदानमा सुरु भएको आठौ डाँफे कप फुटबल प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष विकले युवाहरुमाझ खेलकुदको विकास गर्न सफल भएकोमा धन्यबाद व्यक्त गरेका थिए । खेलको माध्यमबाट उत्कृष्ट हुने बाटोमा लागेकोमा प्रशन्सा व्यक्त गरे । अध्यक्ष विकले गाउँपालिकामा युवाहरुले आफ्नो भविश्य हेरेर खेरकुदमा लाग्ने युवाहरुलाई आफ्नो र पालिकाको भरपुर सहयोग मिल्ने उल्लेख गरे ।
उद्घाटन कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले खजुरा खेलकुदको उर्वर भुमि रहेको भन्दै यसलाई साथ सपोर्टको आवश्यकता रहेको औल्याए । आयोजक न्यु डाँफे स्पोट्र्स क्लवका अध्यक्ष हरि प्रसाद वि.क.को अध्यक्षतामा भएको प्रतियोगतामा बोल्ने अधिकाशंले खजुरा खेलकुदको हवको रुपमा रहेको बताउँदै यसलाई कायम राख्दै कार्यक्रम संचालन गर्नपर्नेमा जोड दिए । उद्घाटको पहिलो खेल बैजानाथ युवा क्लब र न्यु डाँफे स्पोर्ट्स क्लब सि टिम विच प्रतियोगिता सम्पन्न भयो ।
पेनाल्टी सुटआउट्मा न्यु डाफे द्धारा बैजनाथ युवा क्लब १ गोलको अन्तरले न्यु डाँफे सि क्लब बिजयि भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ६५ हजार, द्धितीयलाई ३५ हजार, उत्कृष्ट स्कोररलाई ५ हजार, उत्कृष्ट खेलाडिलाई ५ हजार, म्यान अफ् द म्याच हुनेलाई १ हजार नगद सहित ट्रफि प्रमाणपत्र प्राप्त गर्नेछन । १० गते देखि सुरु भएको प्रतियोगिता १७ गतेसम्म सन्चालन हुने न्यु डाँफे स्पोट्र्स क्लवका सचिव यमनाथ दाहालले जानकारी दिए । फाइनलको दिन साँस्कृतिक कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ ।
