कथाकार जिज्ञासुको “कल्पदीप“को विमोचन

नेपालगन्ज : कथाकार कल्पना पौडेल जिज्ञासुको नीती कथा सग्रह “कल्पदीप“ को विमोचन गरिएको छ । बाँकेको खजुरामा आयोजना गरिएको विमोचन कार्यक्रममा सम्मान तथा कृति समीक्षा समेत गरिएको हो । कल्पना फाउन्डेसन नेपालकि अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षता र प्रज्ञा प्रतिसष्ठानका पूर्व सचिव प्राज्ञ सनत रेग्मी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फाउन्डेसनका संरक्षक ऋषिराम सापकोटाले स्वागत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने डा. ईन्द्रबहादुर भन्डारी साहित्य सम्मान र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएकी निलसागर सेवा आश्रम कि संथापक अध्यक्ष सरिता खनाललाई सामाजिक सम्मानद्वारा फाउन्डेसनले सम्मान गरिएको हो । कल्पदिप कथाको समीक्षा ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसकी क्याम्पस प्रमुख चरित्रा शाह र भेरीसाहित्य समाज समालोचना विभागकी सदस्य मिना बरालले गरेका थिए ।

सम्मानित ब्यक्तित्व ईन्द्रबहादुर भन्डारी, प्राज्ञ हरि तिमल्सिना , खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल लगाएतका बोल्ने बक्ताले कथाकारले लोप हुनलागेको नीति कथा जसले पसुपंक्षी लाई पात्र बनाएर सामाजिक जनजीवन लाई कथावस्तु बनाएर लेखियका ३१ वटा कथाहरुले समाजलाई सकारात्मक सन्देश दिन सफल भएको बताएका थिए ।

कथाहरु वालबालिका हरुले रुचाउने सरल र सरस बोधगम्य र सकारात्मक सन्देस दिनेखालका भएकाले विद्यालय स्तरीय पाठ्यक्रमको लक्ष्य पुरागर्न पाठ्यपुस्तकमा समेट्न सकिने खालका रहेको समीक्षकहरूले प्रतिक्रिया दिए । कार्यक्रममा साहित्य र शिक्षा प्रेमी ब्याक्तित्व हरुको उपस्थित रहेको थियो । कार्यक्रमको सन्चालन विश्वनेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेलले गरेका थिए ।

प्रतिक्रिया