खजुरामा चार्जमा राखेको अटो रिक्सा छुदा लागेको करेन्टले भुसालको मृत्यु

नेपालगन्ज : बाँकेको खजुरामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । खजुरामा एक महिना नपुग्दै २ जनाको करेन्ट लागेर ज्यान गएको हो । खजुरा गाउँपालिका वडा नम्बर ३ निवासी देव प्रसाद भुसालको आज शनिबार चार्जमा राखेको अटो रिक्सा निकाल्न खोज्दा करेन्ट लागेर मृत्यु भएको हो ।

५७ वर्षिय भुसाल विहान करिब ६ बजेर ३० मिनेट जादाँ रिक्सा छुदा करेन्ट लागि मृत्यु भयो । केहि दिन अघि आज करेन्ट लागेर ज्यान गुमाएका भुसालको छिमेकि हरि प्रसाद खरेलको पनि करेन्ट लागेरै ज्यान गएको थियो । खरेलको भाद्र १७ गते घाँस काट्ने मेसिनमा करेन्ट लिक हुदाँ करेन्ट लागि ज्यान गएको थियो ।

यसरी करेन्ट लागेर ज्यानै जान लागेपछि खजुराका स्थानिय आर्कोशित बनेका छन । विद्युत वितरण केन्द्रको लापरवाहिले स्थानियको ज्यान गएको एक स्थानियले हामिलाई बताए । विद्युतका कर्मचारीले विद्युतको लिकेज नियन्त्रण गर्न नसक्नु र भोल्डेजको कमिकमजोरीले यस्तो घटना निरन्तर घटिरहेको भन्दै गुनासो व्यक्त गरे ।

प्रतिक्रिया