पानी उद्योग संघ बाँकेको अध्यक्षमा श्रेष्ठ निर्वाचित

पानी उद्योग संघ बाँकेको अध्यक्षमा विनय श्रेष्ठ निर्वाचित भएका छन् । उद्योगको पाँचौँ अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वेद प्रसाद गुप्ता, उपाध्यक्षमा रिजवान अन्सारी महासचिबमा विकास खड्का सचिवमा उदित बाबु रेग्मी कोषाध्यक्षमा सरद प्रसाद रिजाललाई निर्वाचित गरेको हो ।

त्यस्तै सदस्यहरुमा भरत सिलवाल,दीपक केसी,साकिर हुसेन खान,तिलक राम शाहु र रविचन घर्ती निर्वाचित भएका छन् । शुद्ध पानी पिउ स्वस्थ रहौं भन्ने नारा सहित पानी उद्योग संघ बाँकेको पाँचौं अधिवेशन तथा आठौ साधारण सभा नेपालगन्जमा सम्पन्न भएको हो । पानी उद्योग संघले मूल्यको प्रतिस्पर्धा भन्दा पनि शुद्धतामा जोड दिएको जनाएको छ ।

नव निर्वाचित अध्यक्ष विनय श्रेष्ठले स्वस्थ जीवन यापन कायम गर्न शुद्ध पानीको महत्व दर्शाउँदै हरेक टोल टोलमा शुद्ध पानीको आवश्यकता रहेको औलाए।

अध्यक्ष श्रेष्ठले बाँकेमा विद्यमान पानी उद्योगका समस्या समाधानका लागि संघले अग्रणी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया