
नेपालगन्ज : असोज २८ गते प्रर्दशनमा आउन लागेको चलचित्र हिजो आजका कुराको टिमले नेपालगन्जदेखी आफ्नो देश व्यापि अभियान सुरु गरेको छ । आज विहान नेपालगन्जको भाटभटेनीमा आउने ग्राहक संग सात्क्षातकार गर्दै चलचित्रको टिमले अभियानको सुरुवात गरेको हो ।
हिजो आजका कुरा चलचित्रको टिमले आजै नेपालगन्जका पत्रकारहरुसंग पनि भेटघाट गरेको छ । पत्रकारले सोधेको प्रशनको उत्तर दिदै कलाकार तथा निर्माता सन्तोष पन्तले परिवारसंग बसेर हेर्न सकिने चलचित्र हिजो आजका कुरा रहेको दावि गरे । कलाकार पन्तले दर्शकको मन जित्न सक्ने र नयाँ पिढि देखि पुराना पिढिका दर्शकले रमाइलो मानेर हेर्न मिल्ले फिल्म बनाएको उल्लेख गरे ।
हिजो आजका कुरा चलचित्र बाट निर्देशकका रुपमा डेव्यु गरेका कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले फिल्म निर्माण भएको लामो समय भएपनि यो फिल्म हेर्दा अहिलेको परिवेसलाई सुहाउँदो कथा बस्तुमा निर्माण भएको बताए । कलाकार रिचा शर्माले नयाँ टेष्टको लागि हिजो आजका कुरा हुर्नेपर्ने उल्लेख गरिन् । उनले फिल्म हेर्दा मज्जा आउने भन्दै केहिबेर हसाइन् । रिचाले हिजो आजका कुरा दामको लागि नभएर कामको लागि खेलेको उल्लेख गरिन ।