
नेपालगन्ज, ३ असोज : अपाङ्गता भएका व्यक्तिहरुको संस्थाका अगुवासँग समावेशी शिक्षा सम्बन्धि तीन दिने कार्यशाला सम्पन्न भएको छ । नेपाल सरकार शिक्षा विज्ञान तगथा प्रविधि मन्त्रालय, युएसएआइडी, ह्याण्डीक्याप इन्टरनेश्नल र वल्र्ड एजुकेशनको सहयोगमा सन्चालित सबैका लागि पढाइ कार्यक्रम अन्तर्गत नेपालगन्जमा सम्पन्न कार्यशालाले अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षा सम्बन्धी नेपालगञ्ज घोषणा पत्र २०७९ समेत जारी गरेको छ । १७ बुँदे घोषणापत्रमा समावेशी शिक्षाका विषयमा समुदायमा जनचेतना अभिवृद्धि गर्ने र अवलम्बन गरेका नियम, कानुन, नीति र कार्यक्रमहरूको बारेमा अपाङ्गता भएका व्यक्ति र स्थानीय सरोकारवालाहरूलाई सुसूचित गर्नुपर्ने उल्लेख छ । साथै समावेशी शिक्षामा सिकाई प्रकृयालाई समावेशी बनाउने अपाङ्गता भएका विद्यार्थीहरूको आवश्यकता अनुसार साङ्केतिक भाषा, ब्रेल लिपी, क्यापसनिङ्ग अडियो भिजुअल, स्पर्श संकेत, चित्रहरूको प्रयोग र तालिम प्राप्त शिक्षकको ब्यवस्था गर्न वकालत गर्नु पर्ने पनि घोषणा पत्रले भनेको छ ।

हेर्नुहोस् कार्यशालाले जारी गरेका बुँदाहरु :
१. समावेशी शिक्षाका विषयमा समुदायमा जनचेतना अभिवृद्धि गर्ने र अवलम्बन गरेका नियम, कानुन, नीति र कार्यक्रमहरूको बारेमा अपाङ्गता भएका व्यक्ति र स्थानीय सरोकारवालाहरूलाई सुसूचित गर्नुपर्ने ।
२. समावेशी शिक्षामा सिकाई प्रकृयालाई समावेशी बनाउने अपाङ्गता भएका विद्यार्थीहरूको आवश्यकता अनुसार साङ्केतिक भाषा, ब्रेल लिपी, क्यापसनिङ्ग अडियो भिजुअल, स्पर्श संकेत, चित्रहरूको प्रयोग र तालिम प्राप्त शिक्षकको ब्यवस्था गर्न वकालत गर्नु पर्ने ।
३. अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा रहेका समस्याहरूको समाधानको लागि र समावेशी शिक्षाको कार्यान्वयनमा रहेका चुनौतिहरूको पहिचान गरि प्रचार, प्रसार, तालिम, क्षमता विकास र अभिमुखीकरण कार्यलाइ स्थानीय तहमा संचालन गर्ने गराउने।
४. अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको भावना अनुरुप सबै तहमा समावेशी शिक्षा नीति जारी गरी लागू गराउन पहल गर्ने ।
५. विद्यालय बाहिर रहेका अपाङ्गता भएका बिद्यार्थीहरुको तथ्याङ्क संकलन गरि उनीहरूलाई विद्यालय शिक्षा भित्र ल्याउन परिवार, विद्यालय र समुदायलाई तयार गर्ने साथै अभिभावक शिक्षा र सचेतनाको माध्यमबाट आफ्ना बालबालिकाको शिक्षामा सहभागी गराउने ।
६. संशोधनको क्रममा रहेको संघीय शिक्षा बिधयेयक विद्यालय संरचना, शिक्षकको क्षमता, सिकाइ प्रकृया, पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा प्रणाली तथा अनुकुलन लगायतका विषयसँग जोडिएका प्रावधानहरू सुनिश्चित गर्न सरकार, जनप्रतिनिधि र राजनैतिक दलसँग वकालत गर्ने ।
७. प्रारम्भिक पहिचान, प्रेशण (रेफरल), समावेशी शिक्षा सम्बन्धी असल अभ्यासहरुको सिकाइलाई निरन्तरता दिने, स्थानीय तह अन्य सञ्जालहरुमा आदान प्रदान गर्ने ।
नेपाल सरकार
८. समावेशी शिक्षालाई व्यवहारमा सुनिश्चित हुने गरी व्यक्तिका फरक फरक सिकाई आवश्यकता (भिबचलष्लन लभभमक) लाई सम्बोधन गर्न उपयुक्त मानव स्रोत विकास लगायत व्यवहारीक, व्यवसायीक शिक्षण सिकाइ पद्धति, परीक्षा प्रणाली, पाठ्यक्रम, मूल्याङ्कन पद्धति र शैक्षिक सामग्रीमा आवश्यक सुधार ल्याउने गरी योजना, कार्यक्रम र बजेट व्यवस्था गर्नुपर्ने ।
९. शिक्षामा सिकाई प्रकृयालाई समावेशी बनाउन अपाङ्गता भएका विद्यार्थीहरूको आवश्यकता अनुसार साङ्केतिक भाषा, ब्रेल लिपी, अडियो किताव, क्यापसनिङ्ग, स्पर्श संकेत, डेजी प्रविधि, ओसिआर, स्कृनिङ, रिडीङ सफ्टवेयर, ट्याकटाइल सचित्र सरल ठुला छापा स्पिच इन्टरप्रेटर, पहुँचयुक्तता, सेन्सरी रुम आदि जस्ता बिधि र माध्यमहरूको प्रभावकारी प्रयोग गर्न क्षमता विकास उत्पादन र थप प्रवर्द्धन गर्नुपर्ने ।
१०. विद्यालयको भौतिक तथा शैक्षिक वातावरण अति अशक्त अपाङ्गता भएका बालबालिका, बौद्धिक अपाङ्गता, अटिज्म, श्रवणदृष्टिविहिन र विभिन्न सिकाइ सम्बन्धी अपाङ्गता भएका बालबालिका सुरक्षित तथा पहुँचयुक्त भएको सुनिश्चित गर्नुपर्ने ।
११. बहिरा व्यक्तिहरुका लागि नेपाली सांकेतिक भाषा र श्रवणदृष्टिविहिनहरुका लागि ट्याक्टाइल सांकेतिक भाषाका थप शब्दकोष विस्तार, अनुसन्धान तथा तालिमको विकासका लागि सरकारी तहबाट विशेष पहल हुनुपर्ने ।
१२. उच्चशिक्षासम्म अपाङ्गता भएका युवालाई गुणस्तरीय, प्राविधिक तथा सीपमुलक शिक्षाको आजको मुल आवश्यकता रहेकोले राज्यले स्थानीय तहमानै युवाहरुको लागि निःशुल्क अध्ययनको व्यवस्था मिलाउनु पर्ने ।
१३. बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानध्यापक, शिक्षकहरु, पहिचान टोली, बिद्यार्थी प्राविधिक लेखाजोखा समितिलाई थप जिम्मेवारी बनाउने, क्षमता विकास गर्ने साथै सोको प्रभावकारी संचालनका लागि स्थानीय तह तथा बिद्यालयहरुमा स्पष्ट योजना सहित परिचान गर्नु पर्ने ।
१४. अपाङ्गता बालबालिकाहरुका लागि हाल सञ्चालित बिशेष बिद्यालय तथा श्रोतकक्षाहरुलाई सबैको सिकाइ केन्द्रको रुपमा विकास गर्नु पर्ने ।
१५. सबै स्थानीय तहबाट अपाङ्गता भएका विद्यार्थीहरुलाई सबै प्रकारका सहायक सामग्री र व्यक्तिगत सहयोगीको व्यवस्था मिलाउनु पर्ने ।
सञ्चार माध्यम
१६. समावेशी शिक्षा सम्बन्धी लेख रचना, फिचर आदिलाई प्राथमिकता दिने र अपाङ्गता भएका व्यक्ति र अपाङ्गता प्रतिको नकारात्मक सामाजिक छवी (ल्भनबतष्खभ क्यअष्ब िच्भउचभकभलतबतष्यल) लाई निरूत्साहित गर्दै सकरात्मक सन्देशहरु प्रवाह गर्ने ।
अन्तर्राष्ट्रिय गैर सरकारी संस्था
१७. अपाङ्गता अधिकार सम्बन्धी जनचेतना, अपाङ्गता भएका व्यक्तिका संस्थाहरूको क्षमता विकास, आधुनिक सहायक सामग्रीको उत्पादन र प्रवर्द्धन , प्रवर्द्धन तथा वितरण, अपाङ्गता पहिचान, प्रारम्भिक हस्तक्षेप तथा पुनर्स्थापना आदिको लागि प्राविधिक क्षमताको विकास, अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारी तथा स्वरोजगारी, समावेशी शिक्षा, पहुँचयुक्त वातावरण निर्माण जस्ता क्षेत्रहरूमा लगानी वढाउनुपर्ने ।