सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ९८ हजार कायम भएको छ ।बिहीबार सुन तोलामा २५ सय रूपैयाँले महंगिएको थियो ।

तेजावी सुनको मूल्य शुक्रबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँबाट झरेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने प्रतितोला १३ सय ५५ रुपैयाँमा स्थिर बसेको छ ।

प्रतिक्रिया