
नेपालगन्ज : हिन्दु नेपालीहरुको महान पर्व बडा दशैको अवसर पारेर बाँकेको खजुरामा दशै महोत्सवको आयोजना गरिने भएको छ । स्थानिय एक नम्बर बजारमा आयोजना गरिन लागेको दशैं महोत्सव तथा सास्कृतिक कार्यक्रम २०७९ को आज सचिवालयको उद्घाटन गरिएको छ ।
आदर्श युवा बचत समुह (आदर्श युवा क्लव) खजुराले असोज १६ गते सप्तमीका दिन अयोजना गर्न लागेको महोत्सव सचिवालयको उदघाटन खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीले गर्नुभयो । उद्घाटन गर्दै वडाध्यक्ष भण्डारीले युवाहरुको समुहले एकजुट भएर सामाजिक कार्यहरु सहित दशैको बेला सदभाव कायम गर्दै गरिन लागिएको महोत्सवलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । आफ्नो परम्परा, रिति थिति जोगाउन युवाहरु लागेको प्रति खुसि व्यक्त गर्दै अध्यक्ष भण्डारीले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।स्थापनाकाल देखि नै सामाजिक कार्य गर्दै आइरहेको समुहले विगतका वर्षहरुमा सामाजिक कार्य सगैं विभिन्न पर्वहरुलाई हर्ष उल्लासका साथ मनाउन निरन्तर रुपमा सास्कृतिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको युवा समुहले यसपटक दशै पर्वलाई वृहत बनाउन शुभकामना आदान प्रदान, सास्कृतिक कार्यक्रम, स्थानिय सामुदायिक विद्यालयलाई डस्टविन वितरण सगैं निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गरिने दशैं महोत्सव तथा सास्कृतिक कार्यक्रम २०७९ का संयोजक खगेन्द्र दाहालले जानकारी दिनुभयो ।
आदर्श युवा समुहले खजुरामा एक किसिमको छुट्टै छाप बसाल्न सफल समेत भैसकेको भन्दै युवा नेता तिलकविर सुनारले युवाको अग्रसरतालाई सबैले साथ दिन आवश्यक रहेको बताउनुभयो । आर्दश माविका प्रधानाध्यापक राजेन्द्र सापकोटाले महोत्सवले खजुराको पहिचानलाई थप चिनाउन मदत गर्नेमा विस्वास व्यक्त गर्नुभयो । अरुणोदय माविका प्रधानाध्यापक रिषिकेश जिशिले महोत्सवमा रमाउने मात्र नभएर सामाजिक कार्यप्रतिको क्रियासिलताले थप रौनकता थप्ने बताउनुभयो ।
बिगतका बर्षहरु जस्तै यस बर्ष पनि खजुरा बजार एक नम्बरमा थप व्यवस्थित तबरले ‘सामाजिक सदभाव कायम राख्दै हर्ष उमङ्गका साथ पर्व मनाऔं’ं भन्ने नारा सहित ‘दशैं महोत्सव तथा सास्कृतिक कार्यक्रम’मा राष्ट्रिय तथा स्थानिय स्तरमा ख्याति कमाएका कलाकारहरुको प्रस्तुति, स्वास्थ्य शिविर, स्थानिय विद्यालयलाई सहयोग साथमा उपहार योजना सहित भव्य समारोहका विच कार्यक्रम संचालन गर्ने आयोजक आदर्श युवा बचत समुहका अध्यक्ष देव बहादुर कुंवरले जानकारी दिनुभयो । महोत्सवमा खजुरा, नेपालगन्ज, बर्दिया लगाएतबाट अवलोकन गर्न आउने समुहका सचिव सुवास निरौलाले बताउनुभयो ।
