नेपालगन्ज, ३१ भदौ
बाँकेको नेपालगन्जमा रहेको कृषि ज्ञान केन्द्रको नयाँभवननिर्माण अवधि भन्दा दुई वर्षपछि उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार उक्त भवनको उद्घाटन गरेकी छिन् ।
कार्यक्रममा मन्त्री शर्माले कृषि ज्ञान केन्द्रको भवन प्रदेश सरकारको बजेटमा निर्माण गरिएको बताइन् । उनले लामो समयसम्म पनि कृषि ज्ञान केन्द्रको भवन निर्माण हुन नसकेकाले प्रदेश सरकारले यसलाई प्राथमिकतामा राख्दै यसको निर्माण कार्यलार्य तीव्रता दिएको उनले बताइन् ।
साविकको कृषिविकास कार्यालयको मातहत २०७४ सालको सुरुवाती समयमै निर्माण सुरु भएको उक्तभवन २०७९ सालमाआएर सम्पन्नभएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार तीनवर्ष अवधि रहेको उक्त भवनको निर्माण कार्य विभिन्न कारणले स्थगित भएको थियो ।
प्रमुख ढकालले भने, ‘सुरुका दुई वर्ष कृषिविकास कार्यालयको मातहतमा निर्माण कार्य भएतापनि पछि देश संघीय संरचना गई सकेपछि कृषिविकास कार्यालय खारेज भई कृषि ज्ञान केन्द्रको नामाकरण भयो । तेस्रो वर्ष बजेटको बजेट आउन नसकेका कारण नयाँभवनको निर्माण कार्य रोकिएको थियो ।’
तीनवर्षे अवधि सकिए पछि कृषि ज्ञान केन्द्रले सो भवननिर्माणका लागि २०७६ सालमा म्यादथप गरी बजेट माग गरेको थियो । त्यसपछि फेरि कोरोनाकाकारण भवननिर्माणको काम रोखिएको थियो ।
‘सुरुकादुई वर्षमा पहिलो सिलिङ पनि पुरा भएको थिएन् । हामीले म्यादथप गरेर काम सुरु गरेतापनि फेरि कोरानाका कारणले निर्माण कार्य रोकियो । तर नेपाल सरकारले निर्माण कार्य भएका सरचनाको क्रमश ः दुई वर्ष म्यादथपगर्दै लगेको थियो,’ ढकालले भने ।
उक्तभवनको निर्माणका लागि सुरुमा २ करोड ८९ लाख बजेट विनियोजन गरिएको थियो । जसमा २ करोड ८८ लाखमा ठेक्का प्रक्रिया भएको प्रमुख ढकालले जानकारी दिए । सोपश्चात २ करोड ६० लाखमा उक्त भवनको निर्माण कार्य सम्पन्न गरिएको हो ।