बाँके भेटेरिनरी अस्पतालको कार्यक्रम सार्वजनिक

नेपालगन्ज : बाँकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आफ्नो वार्षिक कार्यक्रमहरु सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९/०८० को लागि संचालन गरिने कार्यक्रमहरु आज शुक्रबार एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो । भेटेरिनरी अस्पतालले कुल ८ करोड ८० लाख ६ हजार बराबरको बजेट सहित कार्यक्रमहरु सार्वजनिक गरेको हो । विज्ञ केन्द्रमा ८ वटा शिर्षकमा कार्यक्रमहरु आएका छन ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीका अनुसार अधिकाशं कार्यक्रमहरु स्थान र कसलाई दिने हो भन्ने बारेमा तोकीएरै आएका छन । गत आर्थिक वर्ष भन्दा झण्डै ४ करोड बजेट घटेर आएको विज्ञ केन्द्रमा कुल बजेट ८ करोड ८० लाख ६ हजार रहेकोमा पुजिगत खर्चका रुपमा ११ लाख ४० हजार रहेको छ । साधारण खर्च १ करोड ४६ लाख ३० हजार रहेको छ भने कार्यक्रम चालु खर्च तर्फ ७ करोड ३३ लाख ७६ हजारको बिवरण विज्ञ केन्द्रका प्रमुख अधिकारीले प्रस्तुत गरेकी थिइन । केन्द्रले सार्वजनिक कार्यक्रम मार्फत गरेको कार्यक्रममा कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, मत्स्य विकास तथा प्रवद्र्धन कार्यक्रम, कृषि तथा पशुपन्छि स्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रम, पशुपन्छि विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रम, प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, सहकारी विकास तथा गरिवि निवारण अन्तरर्गत विभिन्न शिर्षकमा कार्यक्रमहरु संचालन गरिने कार्यालय प्रमुख अधिकारीले जानकारी दिइन ।

माछा पालक किसान भुवन गौतमको प्रमुख आतित्थ्यतामा सम्पन्न सार्वजनिक कार्यक्रममा कृषि ज्ञान केन्द्र बाँकेका बागवानि विकास अधिकृत राम प्रकाश यादव, पशु सेवा तालिम केन्द्रका अधिकृत भोज बहादुर रावत, राष्ट्रिय पशु प्रजनन् कार्यालयका पशु स्वास्थ्य प्राविधिक देव नारायण जैशि, पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका पशु स्वास्थ्य प्राविधिक इन्दु रेग्मी, स्थानिय तहमा रहेका पशुसेवा शाखाका प्रमुख, अगुवा किसानहरु, कृषि हाट बजारका संचालक, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया