खजुराको जनता दुग्ध सहकारीद्धारा बेकरी संचालनमा

खजुरा : बाँकेको खजुरामा रहेको जनता दुग्ध उत्पादक सहकारीले आफ्नो उत्पादनलाई बढाउदै लगेको छ । सहकारीका व्यवस्थापक गौरव सापकोटाका अनुसार सहकारीले किसानका दुध खरिद गर्ने र खरिद गरेको दुधको विभिन्न परिकार बनाएर विक्रि गर्ने गरेकोमा पछिल्ला दिनमा सहकारीको आर्थिक आम्दानीमा थप वृद्धि गर्न बेकरी समेत संचालनमा ल्याइएको हो ।

बाँके जिल्लामा दुग्ध उत्पादकको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल जनता दुग्ध उत्पादक सहकारीले ४६ ट्रे समावेस भएको अत्याधुनिक बेकरी संचालन गरेको सहकारीका अध्यक्ष टेक बहादुर कार्किले जानकारी दिनुभयो । टोस्ट, ब्रेड, पाउरोटी, केक लगाएतका बेकरी परिकारहरु बन्ने अध्यक्ष कार्किले बताए । सहकारीले बेकरीमा मात्रै १६ लाख लगानी गरेको छ । दुग्ध उत्पादन गर्ने किसानहरुको लगानि रहेको सहकारीले बेकरी सगैं छिट्टै मिल्क मार्ट समेत संचालनको तयारी गरेको छ । २६० भन्दा बढि किसानहरुले सेयर लगानी गरेका छन ।

२०५१ साल बैसाख २२ गते बाट सुरुवात गरिएको दुग्ध उत्पादक सहकारीले हाल दैनिक २२ सय लिटर दुध संकलन गर्दै आएको सहकारीका व्यवस्थापक सापकोटाले जनाए । ३९ जनाको सेयर बाट सुरु गरेको सहकारीको सम्पति ५,६ करोड सम्पति पुगाइसकेको व्यवस्थापक सापकोटाले बताए । सहकारीले नेपालगन्ज र खजुरामा डिपो संचालन गरेर आफ्ना उत्पादनहरु विक्रि वितरण गर्दै आइरहेको छ ।

हालै संचालनमा आएको बेकरी उद्योगमा प्रतक्ष किसानको लगानि रहेको छ । सहकारीले किसानहरुलाई बेला बेलामा तालिम, घाँसे विउ वितरण, औषधि वितरणका साथै अनुदानका कार्यक्रम पनि संचालन गर्दै आइरहेको सहकारीका लेखापाल विजय केसीले जानकारी दिए । सहकारीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, खजुरा गाउँपालिका, प्रदेश सरकार जस्ता निकायसंग समन्वय गरि किसानलाई पशुपालन तथा दुग्ध उत्पादन कार्यमा प्रोत्साहन गर्ने हेतुले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । आगामि दिनमा पनि नयाँ कार्यक्रमहरु किसानको माझमा ल्याउने गरि तयारी गरिएको सहकारीले जनाएको छ ।

प्रतिक्रिया