गोर्खाली भ्वाइस लोकदोहोरी प्रतियोगिताको उपविजेता बर्दियाका बसन्त तिमिल्सेना

नेपालगन्ज, भदौ : गोर्खाली भ्वाइस लोकदोहोरी प्रतियोगिता सिजन १ को उपविजेता बर्दियाका गायक बसन्त तिमिल्सिना बनेका छन् ।

जापानको टोकियोमा सम्पन्न प्रतियोगिता नेपाल र नेपालीको पहिलो अनलाइन लोक दोहोरी प्रतियोगिता भएको जनाइएको छ ।

प्रतियोगितामा नारायण पौडेल र बिमला सुनुवारको टिम प्रथम भएको छ । गत आईतवार जपानको टोकियो नेपाली मुरा हल सिनओकुबोमा एक कार्यक्रमको आयोजना गरी प्रथम, दितृय र तृतीय घोषणा गरिएको हो ।

यस्तै बसन्त तिमिल्सेना र संगिता तामाङको टिम द्धितिय हुन सफल भएको छ । तिमिल्सेना बर्दिया निवासी गायक हुन् । हाल उनी काठमान्डौमा बसेर अध्ययन र संगित साधना गरिरहेका छन् ।

प्रतियोगितामा टप १० देखी फाइनलसम्मका ४ ओटै राउण्डमा सबैभन्दा धेरै भोट समेत तिमिल्सेनाले प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ।

लक्ष्मण घिमिरे र दिलु मगरको टिम तृतिय हुन सफल भएको छ। प्रथम, दितृय र तृतियले क्रमशः ५० हजार, तिस हजार र २० हजार रुपैँया पुरस्कार राशि प्राप्त गरेका छन् । प्रतियोगितामा ५० टिम सहभागी भएका थिए ।

नेपाली लोक संगितको क्षेत्रमा प्रविधिको प्रयोग मार्फत कार्यक्रम गर्ने सोचका साथ गत बैशाखबाट प्रतियोगिता सुरु भएको थियो । कार्यक्रमको शुभारम्भ देखि समापनसम्म जापानको टोकियोबाट गरिएको कार्यक्रम निर्माता विश्वास आर्चायले जानकारी दिए ।

प्रतियोगितामा गायक सुर्य खड्का, गायक रामचन्द्र चन्द र गायिका टिका सानु निर्णायकको भुमिकामा थिए । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै प्रतियोगिताका निर्देशक संजय पौड्यालले अब छिट्टै प्रतियोगिताको सिजन २ सुरु गर्ने जानकारी दिए ।

निर्माता विश्वास आर्चायको सभापतित्वमा भएको कार्यक्रममा जापानस्थित नेपाली राजदुताबासका प्रथम सचिव जित बहादुर कार्की प्रमुख अतिथी रहेका थिए । एनआरएनए आसिसिका उप महासचिब ओम गुरुङ, एसिया प्यासेफिक उप संयोजक ददिबल खड्का, एनआरएनए जापानका अध्यक्ष शिव पौडेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ, नेपाली ब्यवसायी समिती जापानका अध्यक्ष विजय थकाली, अनेसास जापानका अध्यक्ष रविन शर्मा, नेपाली भाषा साहित्यको अनुसन्धानकर्ता, जापानी नागरिक नेपाल र नेपालीलाई माया गर्ने आरु हितो नोजु, नेपाल न्युजपोस्ट डटकमका प्रधान सम्पादक राजन गौतम, नेपाल पत्रकार महासंघ जापानको कार्यसमिती सदस्य दिपक गौतम, मातृ सन्देस डट कमका प्रधान सम्पादक एवम् नेपाल पत्रकार महासंघ जापानका सचिवको समेत कार्यक्रममा उपस्थिती रहेको थियो। कायक्रमको संचालन दिनेश गौतमले गरेका थिए ।

प्रतिक्रिया