५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइयो

५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस बाँकेमा पनि मनाइएको छ । दिवसको अवसरमा शिक्षाका लागि नागरिक सन्जाल (एनसिई) बाँकेले विहिबार काँरकादोमा एक कार्यक्रम गरेको छ । जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रको सहकार्यमा साक्षरताको महत्वबारे सरोकारवालाहरु विच छलफल कार्यक्रम गर्नुका साथै नवसाक्षर महिला वक्तृत्वकला प्रतियोगिता गरिएको एनसिई बाँकेका अध्यक्ष तारा खनालले बताए ।
प्रतियोगितामा १२ जना सहभागी भएकोमा भिम कुमारी गुरुङ प्रथम, रमा गुरुङ दृतिय, सुवेक्क्षा रैदास तृतीय र हिरा चौधरीले सान्त्वना स्थान हासिल गरिन् ।
जीवनभर सिकिरहने प्रक्रिया भएकाले शिक्षा लिनका लागि जुनसुकै उमेरमा पनि पछि हट्न नहुने कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिए । कार्यक्रममा बोल्दै शिक्षासेवी जीतबहादुर शाहले शिक्षा मानीसको तेश्रो आँखा भएको बताउदै आफू सक्षम बन्नका लागि साक्षर बन्नु जरुरी रहेको बताए । शिक्षा कसैले चोरेर लैजान नसक्ने सम्पती भएका कारण पनि यसमा सहजै लगानी गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा शिक्षासेवि एवम् मानवअधिकारकर्मी कृष्णमुरारी प्रसाद भट्ट, शिक्षासेवि लक्ष्मण प्रसाद गौतम, सितापुर सामुदायिक अध्ययन केन्द्रका प्रेम बहादुर थापा, सामुदायिक सिकाई केन्द्रका प्रभा सुवेदी, सुनिता विष्ट, जयन्ति गीरी, विष्णु सुवेदि लगायतको सहभागिता थियो ।

प्रिति चौधरी सम्मानीत
शिक्षाका लागि नागरिक सन्जाल बाँके र जयपृथ्वी सामुदायीक अध्ययन केन्द्र नेपालगन्जले नेपालगन्जकी प्रिति चौधरीलाई सम्मान गरेको छ । साक्षरता कक्षामा सहभागि भएर कक्षा १२ उतिर्ण गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको शिक्षाका लागि नागरिक सन्जाल बाँकेका अध्यक्ष तारा खनालले बताए । उनले जयपृथ्वी सामुदायीक अध्ययन केन्द्रमै साक्षरता कक्षा लिएकि थिइन् ।
‘यसरी साक्षरता कक्षामा सहभागी भएकाहरु मध्य कक्षा १२ सम्म अध्ययन गर्न सफल उनी एक उदाहरण हुन्’ उनलाई पढाएकि शिक्षिका सुनिता विष्टले भनिन् –‘मेरो विद्यार्थीको प्रगति देखेर खुशी लागेको छ ।’
१÷२ कक्षा विद्यालयमा औपचारीक रुपमा अध्ययन गरेपनि त्यसपश्चात चौधरीका बुबा विदेश पसे । आर्थिक अभावका कारण आमाले उनलाई पढाउन सकिनन् । बाल्यकालमा पढ्न नपाएकि चौधरी साक्षरता कक्षामा सहभागि हुने अवसर पाइन् । यसपछि उनी लग्दहवा माविमा भर्ना भइन् । यसवर्षको कक्षा १२ को परिक्षामा उनी उतिर्ण हुन सफल भएकि हुन् ।

प्रतिक्रिया