वैयत्तिक शैक्षणिक योजना निर्माण गर्न अभिमुखिकरण

नेपालगन्ज : सबैका लागि पढाई कार्यक्रम परियोजनाले गुणस्तरीय वैयत्तिक शैक्षणिक योजना निर्माण तथा अध्यावधिक सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । अपाङ शसक्तीकरण एंव सञ्चार केन्द्र (डेक नेपाल)ले युएसएआईडीको आर्थिक सहयोग, एच आई नेपाल र विश्व शिक्षाको साक्षेदारीमा बाँकेमा संचालित सबैका लागि पढाई परियोजना अन्तर्गत सामुदायिक विद्यालयमा गुणस्तरीय वैयत्तिक शैक्षणिक योजना निर्माण गर्न अभिमुखिकरण गरेको हो ।

अपाङता तथा पढाईमा कठिनाई भएका १ कक्षा देखि ३ सम्मका बालबालिकाहरुको पठन सिप विकास गर्नका लागि अभिमुखिकरण मार्फत गुणस्तरीय शैक्षणिक योजना निर्माण तथा अध्यावधिकको काम गरिरहेको परियोजनाका संयोजक गोविन्द फुलाराले जानकारी दिए । खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ स्थित रहेको आर्दश आधारभुत विद्यालयमा सन्चालित बहिरा श्रोत कक्षामा बहिरा अपाङ्गता भएका बालबालिका र तिनका अभिभावक तथा शिक्षिकाहरुसंग गरिएको अन्तरक्रियामा बोल्दै नेरा आर्दश आधारभुत विद्यालयका प्रध्यानाध्यापक देउमति कुमारी थापाले शैक्षिक सामग्री देखि शिक्षकहरुको क्षमता विकास गर्न परियोजनाले महत्वपुर्ण भुमिका निर्वाह गरेको जानकारी दिइन । विद्यालयमा अहिले गुणस्तरीय शैक्षणिक योजना निर्माण तथा अध्यावधिक बनाउने कार्य भैरहेको बताउँदै प्रध्यानाध्यापक थापाले कुनै विद्यार्थि कमजोर हुने र कुनै नहुने हुदाँ यिनै बालबालिकाको लागि शैक्षणिक योजना निर्माण गर्न लागिएको बताइन ।

कार्यक्रममा श्रोत शिक्षक रमा थापाले विभिन्न जिल्लाहरुबाट बहिरा बालबालिका अध्ययनका लागि ४० जनाको हारहारीमा आएको जानकारी दिइन । श्रोत शिक्षक थापाले विगत ५ वर्ष अघि बहिरा बालबालिका पढाउन निकै मुस्किल पर्ने गरेको अनुभव सुनाउँदै भनिन्, हामिलाई प्रयाप्त मात्रामा शैक्षिक सामग्री पनि थिएन । पढाउदा आवश्यक पर्ने पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको अभाव थियो जसका कारण गुणस्तरिय शिक्षा दिन नसकिएको अवस्था सुनाइन । तर अहिलेको अवस्थामा भने निकै राम्रो सुधार भएको श्रोत शिक्षिका थापा बताउँछिन । विचमा डेक नेपालद्धारा संचालित सबैका लागि पढाई कार्यक्रम परियोजनाले गर्दा विद्यार्थिको शिक्षामा उल्लेख्य परिवर्तन आएको थापाले बताइन । नेपालगन्जमा रहेको मंगल प्रसाद माविमा पनि शुक्रवार वैयक्तीक शैक्षणिक योजना निमार्ण सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । गरिएको शैक्षणिक योजना निर्माण तथा अन्तरक्रियामा सहभागिहरुले विद्यार्थिहरुको शैक्षिक विकासमा सबैका लागि पढाई कार्यक्रम प्रभावकारी रहेको उल्लेख गरे । कार्यक्रममा वोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष व्रिजेश बहादुर सिंहले पढाइमा कमजोर बालबालिकाहरुका लागि यो योजनाले पढाइ स्तर वढाउन सहयोग हुने बताए ।

यसको कार्यन्वयनका लागि सबैले सहयोग गर्न पर्ने उनको भनाइ छ । विद्यालयका प्र.अ शुसिल कुमार वर्माले परियोजनाले दृष्टिविहिन बालबालिकाहरुका लागि सन्चालित श्रोत कक्षामा धेरै सहयोग गरेको जानकारी दिए । शैक्षिक सामाग्री प्रदान साथै स्थानीय स्तरमा निमार्ण गर्न सकिने शैक्षिक सामाग्रीका वारेमा पनि अभिमुखिकरण शिक्षकलाइ दिइ सकेको बताए । निमार्ण हुदै गरेको आइइपी पनि विद्यालयमा कायन्वयनका लागि पहल गर्ने बताए । बाँकेको आठ वटै स्थानिय तहमा ३ सय ६३ वटा सामुदायिक विद्यालय र मदरसामा परियोजना संचालित रहेको छ । साथै हाल सम्म ६ सय ७६ जना बालबालिकाहरुको वैयक्तिक योजना निर्माण गरी सोहि अनुसार विद्यालयमा कार्यन्वयन भैरहेको डेक नेपालका गणेश पाण्डेले जानकारी दिए ।यस्तै सबैका लागि पढाइ परियोजनाका सामाजिक परिचालक सुनिता पन्तले नेपालगंजका सबै सामुदायिक विद्यालय, मदरसाहरुमा वैयक्तीक शैक्षणिक योजना निमार्ण सम्बन्धी अभिमुखिकरण सन्चालन गरिएको र योजना निमार्ण गर्ने कार्य पनि भइ रहेको जानकारी दिइन । कार्यक्रममा एक, दुइ र तीन कक्षाका शिक्षक , श्रोत शिक्षकहरु , प्रअ र विद्यार्थी लगाएतको सहभागिता रहेको थियो । परियोजनाले बाँकेका विद्यालयहरुमा अपागंता तथा पढाइमा कमजोर बालबालिकाहरुका लागि विभिन्न कार्यक्रमहरु सन्चलन गर्दै आइरहेको छ ।

प्रतिक्रिया