नेपालगन्जको मतिना रेष्टुरेन्टले साताको हरेक पाँच दिन व्यक्ति बिशेष छुट

बाँके, नेपालगंज : नेपालगन्जमा अवस्थित मतिना रेष्टुरेन्टले हरेक साताको आईतबार देखि विहिवार सम्म १५ प्रतिशत छुट दिने भएको छ । रेष्टुरेन्टले १ वर्ष पार गरेको अवसरमा विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुका लागि छुट दिने भएको हो । सोहि अवसरमा आज आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै रेष्टुरेन्टलका सन्चालक संजय श्रेष्ठले सो कुराको जानकारी दिनुभयो ।

आईतबार ईन्जिनियर र स्वास्थकर्मि सोमबार वित्त र शिक्षा, मंगलबार हस्पिटालिटी र संचार, बुधबार व्यापारी र सरकारी कर्मचारी तथा विहिवार सबै क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुलाई आफ्नो सेवामा १५ प्रतिसत छुट दिने योजना सार्वजनिक गर्दै ।

रेष्टुरेन्टका संचालक श्रेष्ठले यो व्यापारिक योजना नभई समाजका हरेक क्षेत्रमा कुनै न कुनै रुपले योगदान दिएका व्यक्तिहरुको सम्मार्नाथ भएको बताउनु भयो । साथै वहाँले नेवारी खानाको स्वादलाई बढावा दिनपनि यो योजना महत्वपुर्ण सावित हुने बताउनुभयो ।

प्रतिक्रिया