
नेपालगन्ज : विद्यालयमा पहिलो तहको प्रारम्भीक पहिचान भइसकेका अपाङता भएका बालबालिकालाई दोस्रो तहको नि : शुल्क स्वास्थ्य उपचार प्रदान गर्न शिविर सन्चालन गरिएको छ ।
अपाङ शसक्तीकरण एंव सञ्चार केन्द्र (डेक नेपाल) बाँकेले नेपालगन्जको भेरी अस्पतालमा बालबालिकाहरुलाई नि शुल्क स्वास्थ्य चेकजाचँ तथा उपचारको व्यवस्था गरेको हो । युएसएआईडीको आर्थिक सहयोग, एच आई नेपाल र विश्व शिक्षाको साक्षेदारीमा बाँकेमा संचालित सबैका लागि पढाई परियोजनाले आठ वटै स्थानिय तहका सामुदायिक विद्यालय, मदरसाहरुमा अध्ययन गर्ने अपाङता तथा पढाईमा कठिनाई भएका १ कक्षा देखि ३ सम्मका बालबालिकाहरुको स्वास्थ उपचारमा आखाँ कान, शारिरीक र बैधिक लगाएतका क्षेत्रमा स्वास्थ्य उपचार भैरहेको सबैका लागि पढाई परियोजनाका कार्यक्रम संयोजक गोविन्द फुलाराले जानकारी दिए ।
स्वास्थ चेक जाँच बाट हालसम्म ६ सय ६५ जना बालबालिकाले सेवा लिइसकेको कार्यक्रम संयोजक फुलाराले जानकारी दिए । ‘उपचार गराउन अस्पताल आउने बालबालिकाको पर्चा काट्ने, उपचारको लागि औषधि लगाएतका कुरामा सहयोग गरिदै आएका छौं’ ₋फुलाराले भने । स्वास्थ्य चेक जाँच सहित १११ जनाले सहायक सामाग्री समेत प्राप्त गरिसकेका छन । ९९५ जनाको लक्ष्य रहेकोमा त्यो भन्दा पनि बढीलाई सेवा दिने गरी काम भैरहेको संयोजक फुलाराले बताए ।
सबैका लागि पढाई परियोजना अन्तर्गत बाँकेमा रहेका अपाङता तथा पढाईमा कठिनाई भएका बालबालिकाहरुले सहजरुपमा पढ्न र आफ्नो स्वास्थ्य उपचार गराउन पाएका छन ।