
सेञ्चुरी बैंक र लाइफ लाइन हस्पिटल प्रालिबीच साझेदारी भएको छ । सेञ्चुरी बैंकको तर्फबाट नेपालगन्ज शाखाका शाखा प्रबन्धक शंकर पौडेल र लाइफ लाइन हस्पिटल प्रालिको तर्फबाट सञ्चालक डा. प्रतीक श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा अस्पतालले दिने विभिन्न सेवामा छुट दिने भएकोे छ । बाँके जिल्लमा नेपालगन्ज र कोहलपुरबाट सेञ्चुरी बैंकले सुविधा प्रदान गरेकोे छ । अस्पतालबाट दिइने विभिन्न सेवामा सेवाग्राहीलाई २०% देखि ५०% सम्म छुट दिने सम्झौता भएकोे हो ।
यो सँगै हाल देशभर सेन्चुरी बैंकको १४७ वटा शाखा, १० एक्सतेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ र ११५ ओटा एटिएम मार्फत ७ लाखभन्दा बढि ग्राहकहरुलाई बित्तिय सेवा प्रदान गरिरहेको छ ।