
खजुरा : बाँकेको खजुरामा एक वर्षको अवधिमा ८ जना शिसुको जन्मन नपाउँदै ज्यान गुमाएका छन । खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाले आफ्नो वार्षिक समिक्षा गोष्ठिमा ८ जना बच्चाको ज्यान गएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
७५५ जना सुत्केरी भएकोमा मृत बच्चाको संख्या ८ रहेको छ । जसमा १ जना स्वास्थ्य सस्थामा बच्चाको ज्यान गएको पाइएको छ ।
सोनपुर र उढरापुरमा बढि मृत बच्चा जन्मिएको देखिएको शाखाले जनाएको छ । नियमित गर्भवति चेकजाच नहुनु, जटिल अवस्थामा पनि डाक्टरलाई चेकजाच नगराउनु र स्वास्थकर्मिले दिएको सुझावलाई नमान्दा शिसुको ज्यान गएको देखिएको हो ।
सुत्केरी बेथा लाग्न साथ स्वास्थ्य सस्थामा समयमै नजानु, जनचेतनाको अभाव, गर्भमा बच्चा हुदाँ पोषिलो खानेकुराको कमि , आमाको नियमित स्वास्थ चेकजाचँ नगर्दा शिसुले ज्यान गुमाउन परिरहेको अवस्था छ । मृत बच्चा जन्मने मधेसी तथा मुस्लिम समुदायमा धेरै देखिएको शाखाले जनायो ।
स्वास्थ्य प्रोटोकल अनुसार पहिलोपटक गर्भवती जाँच गराएका गर्भवती महिला १०८ प्रतिशत रहेकोमा प्रोटोकल अनुसार पहिलो पटक ४ पटक गर्भवती महिला ९८ प्रतिशत रहेको स्वास्थ्य शाखाका प्रमुख दिपक ढकालले जानकारी दिए । खजुरामा सुत्केरी हुने सोनपुर, उढरापुर र रनियापुरमा अधिक रहेको स्वास्थ्य शाखा प्रमुख ढकालले जनाए । स्वास्थ्य शाखाले स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगती तथा समिक्षा गोष्ठिमा विगत ३ वर्षयता स्वास्थ्य सस्थाामा सुत्केरी सेवा लिनेहरुपनि बढेको जनाएको छ ।
गोष्ठिमा सहभागिहरुले स्वास्थ्यको कार्यक्रमको प्रभावकारिता बढाउन पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीले स्वास्थ्य क्षेत्रमा कुनैपनि खेलबाड गर्न नहुने भन्दै विषेस ध्यान दिन अनुरोध गरे । वडाध्यक्ष भण्डारीले विरामिको सेवामा कुनैपनि कमजोरी नगर्न स्वास्थकर्मिहरुलाई अनुरोध गरे । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले स्वास्थ्य क्षेत्रमा भएको आगामि बजेटलाई कसरी सदुपयोग गर्ने भन्नेमा सकारात्कम हुनपर्नेमा जोड दिए । स्वास्थ्यकर्मिको व्यवहार परोपकारी हुन आवश्यक रहेको बताए ।
खजुरा गाउँपालिकाले जेष्ठ नागरीकसंग अध्यक्ष कार्यक्रम पनि संचालन गर्न लागेको जानकारी गराउँदै उनले यसका लागी १८ लाख बजेट समेत विनियोजन गरिएको उल्लेख गरे । गोष्ठिमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, स्वयम सेविका, ८ वटै वडामा रहेका स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीका कर्मचारीहरु लगाएतको उपस्थिती रहेको थियो ।
त्यसैगरी सो गोष्ठिमा सोनपुर स्वास्थ्य चौकीलाई सम्मान गरिएको छ । समर्ग स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ कार्य गरेवापत नगद ५ हजार रुपैयाँसहित पालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले सोमपुर स्वास्थ्य चौकीलाई सम्मानसहित पुरस्कृत गरे ।

