खेलकुदमा राजनितीनगरौं : मन्त्रीअथक

भाद्र २२, काठमाण्डौं
युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलक्षेत्रमा राजनीतीनगर्न आग्रहगर्नुभएको छ । नेपालभलिबल संघको नवौंचुनावी साधारण सभाकोउद्घाटन गर्दै मन्त्रीअथकले सहमतीबाट संघकोनयाँ नेतृत्वचयनगर्न समेत आग्रहगर्नुभएको छ ।

काठमाडौंको बबरमहलस्थितकार्की ब्याङक्वेटमा आज (बुधबार) देखी सुरु भएको भलिबल संघको साधारणसभाको उद्घाटनगर्दै मन्त्रीअथकले खेल क्षेत्रको संस्थागतविकासकालागि स्थापनाभएका खेल संघहरु खेलकुदमै केन्द्रितहुनुपर्ने धारणा राख्नुभएको हो । खेल क्षेत्रको संस्थागतबिकासको अभिभारा बोकेकाखेलसंघमा देखिएको राजनैतिकविचलनतर्फ ईगितगर्दै मन्त्रीअथकले भन्नुभयो, “तपाईहरु खेलकुदमा केन्द्रितहुनुहोस, राजनितिगर्ने त विभिन्न पार्टी छदैंछन नि१”
नेपालमा खेलकुदलाई सामान्यक्रियाकलापका रुपमामात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमाचुनौतीथपिएको बताउँदै मन्त्रीअथकले राज्यले खेलकुदलाई प्राथमिकतामाराख्नुपर्नेमाजोड दिनुभयो ।

पछिल्लो समय खेलमैत्रीवातावरण सृजनागर्न सरकार लागिपरेको बताउँदै मन्त्रीअथकले सिंहदरबारलाई खेलकुदबुझाउनआवश्यक रहेको जिकिर गर्नुभयो । नेपालमाभलिबल खेलको राम्रो सम्भावना देखिएकाले नै राज्यले भलिबललाई राष्ट्रिय खेलका रुपमा सुचिकृत गरेको उल्लेख गर्दै मन्त्रीअथकले भलिबल खेलको समग्र विकासमा सरकार लागिपरेको बताउनुभयो । खेललाई उद्योगका रुपमासमेत विकास गर्नुपर्ने उहाँको भनाई थियो ।

खेलाडीहरुको मनोबल बढाउन खेलकुदमन्त्रालयले ऐनमै पुरस्कार तथा सम्मानको ब्यवस्था गरेको र मन्त्रीपरिषदबाट समेत अनुमोदनभईसकेको जानकारी गराउँदै मन्त्रीअथकले अबकुनै पनि खेलाडीको मिहेनत खेर जाननदिने प्रतिवद्धता समेत जनाउनुभयो । राज्यको प्रतिनिधत्वगर्दैै बिभिन्नअन्तराष्ट्रिय प्रतियोगितामा सहभागीहुने खेलाडीहरुको सहजताकालागिविशेष पासपोर्टको ब्यवस्थागर्नेबारे समेत छलफल भईरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) काउपाध्यक्षशिवकोइराला, सदस्य सचिव टंकलाल घिसिङ लगायतले अधिवेशन सफलताको शुभकामनादिनुभएको थियो ।

प्रतिक्रिया