मोडलङिमा करियर रोज्दै बाँकेकि अनिता

काठमाडौं, भाद्र : नेपाली कला क्षेत्रमा आफ्नो परिचय बनाउंदै गरेकी एउटा नाम हो बाँके कि २३ वर्षिय अनिता कुमारी चौधरी। भनिन्छ मोडल हुन् उमेर, शरीर, उचाई र अनुहार सबैले साथ दिनुपर्छ । यो यहि सबै कुराले साथ दिएकी मोडल हुन् चौधरी । अभिनयको हिसाबले उनि शिकारु भन्दा फरक नपर्ला । तर उनमा अभिनयको क्षमता भने अनुभवी कलाकारलाई पनि टक्कर दिन माहिर छिन।

कहिले निकै बोल्ड अवतारमा देखिन्छिन भने कहिले साधारण नेपाली ड्रेसमा सजिएर हिड्ने गर्छिन । उनलाई जुन सुकै गेटअप पनि फिट हुने गर्दछ। ब्याचलरमा अध्ययन गर्दै गरेकी चौधरीले जीवनमा निकै उतारचढाव देखेकी र भोगेकी छिन् । राजधानी काठमाडौँको संघर्ष लाई पनि नजिक बाट नियालेकी छिन। अहिले पनि उनी अभिनय क्षेत्रलाई पेशा बनाउन आफ्नो ठाउँबाट निकै संघर्ष गर्दै आइरहेकी छिन।

‘युथ लिडरसिप ट्रेनिंग इन्टरनेस्नल’ र सामाजिक कार्यमा भाग लिन चौधरी अहिले सम्म ५ बढी देशहरुमा गैसकेकी छिन। उनले भारमनकोको क्रममा फिलिपिन्स, श्रीलंका, इन्डिया, थाइल्याण्ड , कम्बोडिया लगायत देशहरुमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छिन। उनको रुची भने विभिन्न विधाका गीतहरु सुन्न र किताबहरु पढ्नमा रहेको छ। उनी निकट भविष्यमा नै अभिनय क्षेत्रमा जमेर आफु सामाजिक कार्यमा नै संलग्न हुने बताउँछिन।

समाजमा जिन्दगी जिउन नसकिरहेका व्यक्तिहरुलाई सहज वातावरण बनाएर त्यस्ता व्यक्तिहरुलाई सामाजिकीकरण गराउने उनको लक्ष्य रहेको छ। उनको सानै देखि मोडलिङ्ग तथा कला मनोरञ्जन क्षेत्रमा रुची भएकाले विभिन्न स्थानहरुका कार्यक्रममा सहभागिता जनाउदै आएकी छन्।

प्रतिक्रिया