नेपालगन्ज : बाँकेमा सन्चालित सबैका लागि पढाई परियोजना अन्तरर्गत प्रारम्भीक तहमा अपाङ्गता भएका तथा पढाइमा कठिनाई भएका बालबालिकाहरुको पठन शिप विकास गर्नका लागि गरिएका विभिन्न कार्यक्रमहरुको समिक्षा गरिएको छ । इजिआर शिक्षकहरुलाई उत्पेराणात्मक सहयोग तथा अभिमुखिकरण कार्यक्रम अन्तर्गत भएका कामहरुको समिक्षा गरिएको हो ।
युसयआइडिको आर्थिक सहयोग एच आइ र विश्व शिक्षाको साझेदारिमा डेक नेपालद्धारा सन्चालित सबैका लागि पढाई कार्यक्रम अन्तरर्गत समिक्षा गरिएको हो । नेपालगन्ज उप महानगरपालिका शिक्षा शाखाले अभिमुखिकरण गरेको समिक्षा बैठकमा उपस्थित शिक्षक शिक्षिकाहरुले अपाङ्गता भएका बालबालिकाहरुलाई पहिलो प्राथमिकतामा राखेको बताएका थिए । अपाङ्गता भएका बालबालिकाको क्षमता विकास गर्ने, पढाईलाई निरन्तरता दिन विशेष ध्यान दिने गरिएको बताएका थिए । परियोजना सन्चालन पछि बालबालिकाको प्रारम्भीक पहिचान गर्ने र सिकाई उपलव्धीमा उल्लेख्य विकास भएको नेपालगन्ज उप महानगरपालिका शिक्षा शाखाका विद्यालय निरीक्षक भिम ब बुढाले जानकारी दिए ।
कार्यक्रममा स्थानिय स्तरमा निर्माण गरिन सकिने शैक्षिक सामग्री र तिनको प्रयोग, वैयत्तीक शैक्षणिक योजना निर्माण र प्रारम्भीक पहिचानका विषयमा चर्चा गरिएको थियो । साथै शिक्षकहरुको भुमिका लगाएतका विषयमा समिक्षा बैठकमा छलफल गरिएको थियो । परियोजना कोर्डिनेटर गोविन्द फुलाराको विशेष उपस्थितीमा शनिबार र आइतबार दुई दिन सम्म चलेको समिक्षा बैठकमा ७४ विद्यालयले सहभागिता जनाएका थिए ।
नेपालगन्जमा सम्पन्न गोष्ठीमा नेपालगन्ज उप महानगरपालिका शिक्षा शाखाका विद्यालय निरीक्षक भिम बहादुर बुढा र शाखा अधिकृत लोकेन्द्र शाहिले सहजिकरण गरेका थिए । नेपालगन्जका प्रावि, मावि तथा मदरसाका शिक्षक शिक्षिकाको उपस्थीती रहेको थियो ।