मुख्यमन्त्रि केसीले विश्वबिद्यालयको प्रस्ताव स्थलको गरे अनुगमन

खजुरा : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले बाँकेको खजुरामा प्रदेश प्राबिधिक विश्वबिद्यालयका लागि प्रस्ताव गरिएको जग्गाको स्थलगत अवलोकन गरेका छन् । खजुरा गाँउपालिकाबाट विश्वबिद्यालयका लागि प्रस्ताव भएको ११० बिगाहा जग्गाको अवलोकन गर्दै मुख्यमन्त्री तथा खजुरा प्रदेश प्राबिधिक विश्वबिद्यालयका कुलपति केसीले छिट्टै विश्वबिद्यालय संचालनमा आउने प्रतिवद्धता जनाए ।

उनले तत्कालका लागि सोही स्थानमा रहेको जनकशिक्षा सामाग्रीले छापाखानाका लागि बनाईएको भवनको पनि अवलोकन गरेका छन । हाललाई बिश्वबिद्यालयको केन्द्रीय कार्यालय राख्ने तयारी गरिएको सो भवन मर्मत गरि कार्यालय संचालनमा ल्याईने उनले बताए । भवन मरमत नहुँदा सम्म डिभिजन बन कार्यालय नेपालगन्जमा अल्पकालका लागि कार्यालय खुल्ने जानकारी दिँदै यथासिघ्र खजुराबाटै प्रशासनिक कार्यालय कार्यान्वयनमा आउने पनि मुख्यमन्त्री केसीले बताए ।

विशेष अनुदानको रकमबाट भएपनि भवन मर्मत र जनक शिक्षाबाट भोगाधिकार ल्याउने काम हुने मुख्यमन्त्री केसीले आश्वासन दिएको नेकपा माओवादी केन्द्रका खजुरा गाँउ कमिटीका अध्यक्ष राजकुमार बिकले जानकारी दिए ।

विश्वबिद्यालयका लागि आवश्यक जग्गाको प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै संघीय मन्त्रिपरिषदबाट विश्वबिद्यालयको नाममा जग्गा प्राप्त हुने खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिक तुफानले बताए । लुम्बिनी प्राविधिक बिश्व विद्यालय संचालनका लागि खजुरा ८ रनियापुरमा जग्गाको निरिक्षण गर्न मुख्य मन्त्री केसी, संघिय सांसद पुर्णा कुमारी सुवेदी, प्रदेश शिक्षा मन्त्री, प्रदेश सांसद आइपी खरेल , खजुरा गाउँ पालिका अधयक्ष डम्बर बहादुर बिक, उपाध्यक्ष मन्जु मल्ल सहितको टोलीले संयुक्त निरिक्षण गरेका थिए ।

प्रतिक्रिया