प्रोटिनको अभावले लाग्छ ‘दीर्घकालीन रोग’

नेपालगन्ज : नेपाल भेटेरिनरी एशोसिएसन, नेपाल दाना उद्योग संघ र युसेक नेपालको सयुक्त आयोजनामा शनिबार नेपालगन्जमा स्वास्थ्यको लागि प्रोटिन आवश्यकता सम्बिन्धी कार्यक्रम संचालन गरिएको छ ।

नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय सदस्य कार्यक्रम संयोजक डा.शंकर न्यौपानेको अध्यक्षमा संचालन भएको थियो भने कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री इस्तियाक राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद कृष्ण केसी, लुम्बिनी प्रदेश सांसद आरती पौडेल, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रि, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रविन पुरी, बाँके जिल्ला समन्वय समितिका उपाध्यक्ष सिता कार्की, कृषि तथा भुमि व्यवस्था मन्त्रालय पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निर्देशक प्रवेज आलम, कृषि तथा पशुपन्छि विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरे लगायत शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद तथा अन्य विषयसंग सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सबैको लागि प्रोटिन विषयमा प्रस्तुतिकरण गर्दै ब्रेस्ट क्यान्सर र थाइराइट सिनियर सर्जन डा. सुजिता हिराचनले प्रोटिनको अभावका कारण बालबालिको उचाई कम हुने गरेको बताइन् । डा. हिराचनले मानिसको शरीरलाई स्वास्थ्य बनाउन ४० प्रकारका पौष्टिक तत्व आवश्यक पर्ने बताउँदै नेपालीमा विभिन्न स्वास्थ्य समस्या देखिनुका कारण शरीरलाई चाहिने तत्व नपुगेको बताइन् ।

उनले नेपालमा मधुमेहको संख्या बढ्दै गएको बताउँदै कार्बोहाइडेट तत्व भएका खानेकुरा एक मुठीमात्र खानु पर्ने बताइन् । उनले मानिसको दैनिक जिवनशैलीमा तेलको बढी प्रयोग हुने भएकाले सकेसम्म तेलको कम प्रयोग गर्न पनि सुझाएकी छिन् ।
त्यसैगरी कार्यक्रम प्रोटिनको अवाश्यकतासम्बन्धमा बोल्दै भारतबाट कार्यक्रममा आएका युसेकको टेक्निकल रिप्रिजेन्टेटिभ डा. पवन कुमारले मानिसको ७५ प्रतिशत दैनिक खानपानेले मानिस कति समय जिवित हुन्छ भन्ने निर्धारण गर्ने बताए ।
भारतमा गरिएको सर्बेमा ७३ प्रतिशत व्यक्तिमा प्रोटिनको अभाव रहेको पाइएको उनले बताए । २००५ देखि कुपोषण बालबालिको संख्या घट्दै गएको तर १०१५ देखि फेरि कुपोषण बढेको बताए । यसको कारण बालबालिकाले भरपुर खाना खाने गरेको भएता पनि प्रोटिनको अभाव रहेको उल्लेख गरे ।

हरेक वर्ष ५ वर्ष मुनिका सात लाख शिशुको मृत्यु हुने गरेको छ । जसमा ५० प्रतिशत शिशु प्रोटिनको अभावले मृत्यु हुने गरेको हुन्छ ।
डा. कुमारले नेपालका लागि प्रत्येक दिन ५.१३ लाख टन प्रोटिन आवश्यक पर्ने भएता पनि ४.९३ लाख टन प्रोटिनमात्र उपलब्ध भएको बताए । जसमा पनि नेपालको कूल जनसंख्याको ३० प्रतिशत गरिब तथा ज्ञानको अभाव भएका व्यक्तिहरुले दैनिक ५८ प्रतिशतमात्र प्रोटिन खाने गरेको बताए ।

उनले विश्वमा मापदण्डअनुसार एक व्यक्तिले दैनिक ७७ ग्राम प्रोटिन खानु पर्ने भएता पनि नेपालमा ४६ ग्राममात्र प्रोटिन खाने गरेको बताए । तर विकशित देशका व्यक्तिहरुले १ सय ३ ग्रामसम्म प्रोटिन खाने गरेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री राईले कार्यक्रममा गरिएको प्रस्तुति अनुसारको जिविको पार्जन गरियो भने देशकै औषत आयु बढ्न सक्ने बताए । उनले हामीले अरुलाई देखाउन भन्दा पनि आफ्नो स्वास्थ्य कसरी स्वस्थ्य राख्ने तरिकाले दैनिक खानपानमा ध्यान दिनु पर्ने बताए । कार्यक्रमको समापन गर्दै नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रिय सदस्य डा. न्यौपानेले प्रोटिनको मात्रा मिलाएर खान उपस्थित सबैलाई अनुरोध गरे । कार्यक्रममा झन्डै ५ सय बढीको सहभागिता थियो ।

प्रतिक्रिया