समीक्षाले दिईन पल शाह विरुद्ध बलात्कारको जाहेरी

काठमाडौं । अभिनेता पल शाह विरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा जाहेरी दिएकी छन् । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ । अधिकारी नाबालिका हुन् । कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ ।

प्रतिक्रिया