पैसा असुल वाला चलचित्र ‘सम्हालिन्छ कहिले मन’

नेपालगन्ज : चलचित्रको नामले त्यति आर्कषण नगरेपनि भित्र रहेको खुराक भने मिठो रहेछ, फिल्म हेरेर बाहिर ननिस्कदै नेपालगन्जका जिवन शाहिले प्रतिक्रिया दिए । बेलायतको सुन्दर दृश्य र कलाकारको अभिनय प्रसन्सा योग्य रहेको शाहिले बताए ।

नेपालगन्जका सन्चारकर्मि तथा कलाकार कृष्णराज अधिकारी फिल्मले आफ्नो मन छोएको उल्लेख गरे । अधिकारीले भने ‘फिल्म हेर्दा पहिलो हाफ सम्म खै त ट्विस्ट, केही त नयाँ होस् ताकि मेरो दिमाग फिल्म मै केन्द्रित होस् भन्ने लाग्यो । यद्यपि नेपाली फिल्म लन्डनमा त्यो टेक्नोलोजीमा शूट गर्नु एकदम गज्जबको विषय थियो । सुदर्शन थापाले त्यस्तो व्यस्त विदेशी ठाउँमा पनि मज्जाले निर्देशकिय कला देखाएको बताए । उनले कलाकारको अभिनयमा पनि खोट लगाउने ठाउँ नभएको बताए । गीत संगीत उत्कृष्ट अझ सबै भन्दा उत्कृष्ट लागेको पक्ष भनेको फिल्मको क्यानभास जुन एक्दम रिच देखिएको छ । जब दोश्रो हाफमा फिल्म आयो तब फिल्मको कथा ले झन्झन् तान्दै गयो । छेउका केही साथीहरु हास्दै गफिदै फिल्म हेर्दै थिए । म भने आफूलाई फिल्मको मुख्य पात्र सँग ‘रीलेट’ गर्दै थिए । दुई ठाउँमा फिल्मले अचानक आँशुका थोपा झारेर छोड्यो अधिकारीले भने ।

चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले फिल्म हेरिसकेपछि आफ्नो फेसबुकमा लेखेका छन – चलचित्र निर्माण र निर्देशनमा सधैं चुनैती लिने निर्देशक हुन सुदर्शन थापा । आज बाट प्रदर्शनमा आएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को पहिलो शो हेरियो ,सुदर्शन थापाले फेरि आफुले आफुलाई लभ स्टोरी चलचित्र निर्देशकको ट्यागमा एक फुली थपेका छन्। निर्देशन पाटोकै कुर गर्ने हो भने चलचित्रको कथालाई थापाले कलाकार सोनम,पुजा र आकाशको अभिनय मार्फत छर्लङ परेका छन् । बिदेश (युके,दुबइ र नेपालका सुन्दर दृश्यले मन लोभाउने मात्र नभएर नेपाली चलचित्रको मेकिङ स्तरको हाइप अर्को लेबलमा पुगेको महसुस गर्न सकिन्छ । नेपाली चलचित्र क्षेत्रले राम्रो सम्भावना बोकेको कलाकार सोनम तोप्देन पाएको छ । चलचित्रमा सोनम,पुजा र आकाशले मन छुने अभिनय गरेका छन् । चलचित्रमा सौरभ लामाको छ्यांकन् लोभ लाग्दो छ भनेर खुलेरै प्रसन्सा गरेका छन ।

आज फिल्म हेरेर फर्किनेहरु अधिकासले नेपालगन्जिया पारामा पैसा असुल वाला फिल्म रहेको बताएका छन ।

प्रतिक्रिया