बाँके क्षेत्र नं. ३ बाट काँग्रेसले खड्का, राठौर र राणा सहित ११ जनाको नाम सिफारिस गर्यो

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ ले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठोर र प्रधानमन्त्री पत्नी नेतृ डा. आरजु राणा देउवाको नाम समेत सिफारिस गरेको छ ।

यस्तै महासमिति एवम् संविधानसभा सदस्य बादशाह कुर्मी, संविधानसभा सदस्य आशा विक, महासमिति सदस्य मेघराज वली, महासमिति सदस्य लक्ष्मीनारायण शाह, क्षेत्रीय सभापति मो. नक्की खाँ, महाधिवेशन प्रतिनिधि देवबहादुर खत्री, पूर्व महाधिवेशन प्रतिनिधि उत्तमराज घिमिरे र प्रदेश अधिवेशन प्रतिनिधि तेजेन्द्र कँडेललाई सिफारिस गरेको क्षेत्रीय सचिव ज्ञानबहादुर वलीले जानकारी दिनु भयो ।

यस्तै समानुपातिकतर्फ पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाइली, हरिभक्त उप्रेती, गगन बहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुनसिंह पाण्डे, पुष्पा सुनार र चक्रबहादुर मल्ल सिफारिसमा परेका छन् ।

प्रतिक्रिया