नेपालगन्ज, भदौ : नेपालगन्ज ४ गणेशपुर -बसपार्क रोडमा होटेल मानसरोवर सन्चालनमा आएको छ । बसपार्क क्षेत्रमा खान र बस्न चाहाने यात्रुहरुका लागि सुविधा सम्पन्न सेवा सहित होटेल सन्चालनमा ल्याएको सन्चालक युवराज थापाले बताए। सुर्खेत गुटु निवासी थापाले करिब ६० लाखको लगानीमा होटेल सन्चालनमा ल्याएका हुन्। होटेलमा २५ वटा सुविधा सम्पन्न एसिसहितका कोठाहरु रहेका छन्।
पछिल्लो समयमा मनोरञ्जनका लागि समय विताउने ठाउँमा अभाव देखिएको छ। यसका लागि होटेलमा दोहोरी साँझको पनि व्यवस्था भएको र लाईभ दोहोरी हेर्दै रमाउन सकिने थापाले जानकारी दिए। उक्त होटेलको विधिपूर्वक पूजाआजा गरि आजबाट सन्चालनमा ल्याईएको छ।
यसअघि पुस्पलाल चोकमा होटेल सन्चालन गरिसकेका थापाले हाल बर्दियाको बबईमा समेत होटेल सन्चालन गरिरहेका छन्।