
नेपालगन्ज, बाँके : खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँका प्रताप शाहि चितवनमा हराइरहेकी श्रीमति र छोरा खोज्दै छन । प्रताप एक कुक हुन । उनको श्रीमतिको नाम हिरा रोकाया वर्ष २७ । छोरा प्रजोल शाहि वर्ष चार । प्रतापको फोनको माध्यम बाट लभ परेर भागि विवाह भएको थियो । दुवै जना विच विस्वासको बातावरण धेरै समय सम्म टिकिरहेको थिएन । दिनहुँको मनमुटाव उनिहरुको सामान्य जस्तै थियो ।
गत वर्ष भाद्र १६ गते हिरा रोकाया घरमा कसैलाई थाहै नदिई हराएकी थिइन् । पछि दुई महिना पछि मात्र सम्पर्कमा आएकी रोकाया त्यसपछि चितवनतिरै बस्दै आएकी हुन । हिरा चितवनको नौरङगी चर्चमा काम गर्थिन् । प्रताप भने चितवनको चिसापानि चोकमा रहेको लोकल भाले रेष्टुरेन्टमा कुकको रुपमा काम गर्थे । प्रतापले लोकल भाले साउनको ३१ गते छाडेका हुन ।
रेष्टुरेन्ट छाडे पछि श्रीमतिको दिदि ज्ञानमाया चेपाङ्गको घरमा बस्दै आएका छन प्रताप ।
प्रताप र हिराको भेट भइसकेपछि पनि सामान्य खालको मनमुटाव हुन सुरु भैसकेको थियो । प्रताप अब भारततिर रोजगारीका लागि जाने तयारी गरिरहेका थिए । दुबैजना विच सल्लाह पनि भयो । केहि दिनमै भारततिर जाने पक्का गरे उनिहरुले ।
कसरी फेरी हराए श्रीमती र छोरा ?
एक हप्ता अघि भाद्र ७ गते नेपाल बन्द थियो । विगत झण्डै एक वर्षको अन्तरालमा भेट भएको श्रीमति र छोरा संग बसेको दुई दिन मात्र पुगेको थियो । साझको अन्दाजी ६ ः ३० देखि ७ बजेको विचमा नारायणघाटको पुल चोक छेउमा रहेको अजम्बरी म म सेन्टरमा आफु सहित श्रीमति हिरा र छोरा मिलेर ढाई पिलेट म म, हाफ पिलेट बफ चाउमिन र प्रतापले एक गिलास रक्सी पिएका थिए । खाएको विल तिर्नका लागि हिराले ५ सय पनि प्रतापलाई दिइन र काउन्टरमा तिर्न गएका प्रताप केहि बेर पछि फर्केर आउदाँ श्रीमति र छोरा दुवै त्यस स्थानमा थिएनन् ।
हिराले छोरालाई लिएर काहाँ गायव भइन यो समाचार तयार पार्दा सम्म प्रतापले पत्ता लगाउन सकेका छैनन् । श्रीमति र छोरा हराएपछि प्रतापले राति अवेर सम्मै नारायणि पुलको वरपर खोजिरहे । भोलि पल्ट प्रतापलाई श्रीमतिको माइति पक्षले फोन गरेर सोधपुछ गर्न थाले । माइति पक्षले टाडी र जुटपानि प्रहरी कार्यालयमा प्रताप विरुद्ध निवेदन समेत दिएका छन । प्रतापलाई श्रीमति र छोरा हराएको चिन्ता सगैं प्रहरीमा परेको निवेदनको पनि छ ।