मनमा बाघ लिएर रिपोर्टिङमा निस्कदा…

#खगेन्द्र दाहाल _ (अनुभूति)

मर्ने कसैलाई रहर हुदैन… गित गुनगुनाउँदै केहि दिन अघि विहानको ८ः३० बजे जंगलको बाटो प्रवेस गरे । राप्ती सोनारीको विनौना बैजापुर हुँदै अगैया पुग्न थियो हामिलाई । मैले मोटरसाइकल चलाएको थिए । विहानको मौसम अति चिसो थियो । कुहिरोले गमक्कै ढाकेको थियो । मोटरसाइकलको स्पीट २५ देखि ३० भन्दा बढि हाक्न नसकिने अवस्था थियो । ग्राविल सडक त्यसमाथि गुरकने साना ढुङगाले मेरो बाइकको स्पीटलाई बढाउन दिएको थिएन । राप्ती सोनारीमा बाघको विगविकि बढिसकेको थियो ।

जगंल प्रवेस हुदै गर्दा मेरो मन चसक्क भयो । झस्स बाघलाई सम्झीए । बाहिरी चिसो त बढेकै थियो, त्यो भन्दा बढि जंगलको बाटोमा हिड्दा मनमा चिसो पसेजस्तो भयो । मोटरसाइकल मै बाघले झम्टिएको घटना पनि त्यहि यात्रामा याद आयो । चिसो भएकाले पिसावले पनि च्यापेको थियो । बाइक रोकेर हल्का हुन मन हुदाँपनि बाघको डरले गर्दा ननिस्टप मेरो यात्रा अघि बढाउन बाध्य भए । पछाडि सिटमा म सगै रिपोर्टिङमा रहेका मेरा सहकर्मि प्रदिप राजवंशिज्यु पनि त्यहि बाघको कुरा पछाडिबाट सुनाउन थाले । म झन आतिए ! स्वास फेर्न नै गारो जस्तो भो । मनमा अनेक कुरा खेल्न थाले । कतै हामिलाई बाघले लाने हो कि भन्ने डर त्यो जंगलको बाटो नसकिदासम्म लागिरहयो । अनि फेरी विचमा मैले गाए मर्ने कसैलाई रहर हुदैन.. यो गितले पनि मेरो ओठ बाट निस्कन खोजेको थिएन ।

मेरो आखाँ बाटो अगाडि भन्दा पनि दाया बाया जंगलतिर जान्थो । कतै बाघ लुकेर त बसेको छैन ? झम्टने त होइन ? झम्टियो भने अगाडि बाट झम्टिन्छ होला कि पछाडि बाट ? जस्तो धेरै डर लाग्ने प्रश्नहरु मेरो मनमा आइरहयो । मेरो प्रश्नको उत्तर दिन सक्ने त्यतिवेला कोहि थिएन । त्यो दिन मलाई जंगलको बाटो पार गर्न पहिले भन्दा धेरै समय लागेको जस्तो महसुस भयो । राप्ती सोनारीका गाउँ बाट बाघले बाख्राहरु खाएको, मान्छे मारेको थुप्रै घटनाले गर्दा पनि मेरो मन यो स्थान शुरक्षित छैन भनेर भनिरहेको थियो । अनि यो बाटो नहिडेर अर्को बाटो हिड्नका लागी विकल्प पनि थिएन । राप्ती सोनारीका जनताहरु त्यहि बाटो हिडिरहेका छन । डरले होस या करले ।

उताका मानिसहरुले भने जंगलको बाटोमा पनि बाइक मजैले कुदाइराका थिए । उनिहरुलाई बानि पनि थियो र अलि बेसरी कुदाइरहेका थिए । मलाई लाग्यो । कि त उनिहरुलाई पनि बाघको डर मेरो जस्तै मनमा छाएको थियो । राप्ती सोनारी वडा नम्बर ४ प्रसोहनाकी लिला विष्टलाई बाघले मारेको दुई दिन वित्न नपाउदै बाघको आक्रमणमा वडा नम्बर ६ फत्तेपुर हब्रहवाकी ३० वर्षिय चादनी थारुको ज्यान गयो । दिन प्रतिदिन बाघको आक्रमण बाट स्थानियहरुले ज्यान गुमाउन परिरहेको अवस्था छ । सरकारले पनि बाघको नियन्त्रणका लागि खासै काम गर्न नसकेको महसुस बाटोमै हिड्दा भयो । पुष ३ गते पनि जन सिद्धेश्वर बहुमुखि क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटाला मोटरसाइकलमा यात्रा गर्दा बाघको आक्रमणमा परेको खबर पनि सम्झीए ।

बल्ल तल्ल जंगलको बाटो पार गरिउ हामिले । जंगल सकिसकेपछि नजिकै रहेको चिया पसलमा मरिच हालेको चिया बनाउन लगायौं । छेउमै दाउराको आगो बालेको रैछ त्यहि ताप्नतिर लायौ । केहि स्थानिय पनि आगो ताप्दै थिए । गफपनि बाघकै चलिरा रैछ । आगो तापिरहेका एक स्थानियले भनिहाले ‘अधेरै हिड्नुभएको रहेछ बाघको विगविगि छ अलि विचार गर्नुहोला है ! हामिले दिन छोटो भएकाले घरबाट सबेरै निस्कएको बतायौ । बाघले गर्दा पाएको दुख सुनाउदै उनिहरुले हामिहरुलाई सञ्चार माध्यममा बाघका बारेमा लेखिदिन आग्रह गरे । मैले सहर्ष उनिहरुको कुरालाई हस हुन्छनी भनेर त्यहाँबाट चिया खाएपछि अगैयातिरको यात्रामा लाग्यौ । अगैया सम्म पुग्दा पनि बाघकै बारेमा मनमा खेलिरहेको थियो । राप्ती सोनारीका जनता कसरी राति सुत्न सक्छन होला ? दिउसै मान्छे मार्ने बाघ गाउँ वरपर घुमिरहेको छ ।

एक पटक होइन पटक पटक बाघले स्थानिय जनतालाई आर्कमण गरिरहेको छ । अहिले त जंगल क्षेत्रमा स्थानियहरु जन पनि सकिराको छैनन् । हामिलाई डर नलाग्ने कुरै भएन त्यो दिन पछि पुन राप्ती पारी मोटरसाइकलमा जान आट आइरहेको थिएन तर पनि आफ्नो काम जिम्मेवारीले गर्दा जानुपर्ने बाध्यता छ । हिजो आज रिपोर्टिङमा जादा पनि केहि सचेत भएर साथमा मनमा बाघ सगैं लिएरै जानेगरेका छौ । हिजो मंगलबार पनि सहकर्मि जनक थापा भाईलाई लिएर राप्ती पारी पुगेर आयौ । बाघको खोजिका लागी हात्ती र पाडाको प्रयोग गरिएको थाहापाएपछि केहि भएपनि राहत महसुस भएको छ । त्यसको भिडियो पनि हामिले खबरगन्जको फेसबुक पेजमा राखेका छौ । आसा छ त्यो मान्छे खाने बाघ चाडै फेला पारेर जनताको ज्यान जोगाउनतिर सम्बन्धित निकायको ध्यान जानेछ ।

प्रतिक्रिया