खजुराको तीजमा लाखे नाचको आर्कषण

खजुरा : बाँकेको खजुरामा आयोजित वृहत तीज महोत्सव सम्पन्न भएको छ । खजुरा क्षेत्र संरक्षण समितिले हरितालिका तिजको अवसरमा आयोजना गरेको तीज महोत्सवमा लाखे नाच मुख्य आर्कषण बनेको थियो । लाखे नाच सहित सामुहिक र एकल नृत्य प्रतियोगिता गरेर खजुराले तीज महोत्सबलाई भव्य रुपमा मनाएको थियो । लाखे नाचको लागि केहि दिन देखि खजुरामा साझको समयमा लाखे नाचको रियलसल समेत गरियको थियो ।

कोभिडको कारण दुई वर्ष खजुरामा तीज महोत्सब हुन सकेको थिएन । सधै महोत्सवको आयोजना गरेर जिल्लमै एक पहिचान बनाएको खजुराले यस पटक पनि भव्यता पुर्वक सम्पन्न गरेको भन्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बधाई अनि शुभकामना दिए । महोत्सवको प्रमुख अथिती रहेका गाउँपालिका अध्यक्ष विकले तीज महोत्सवले खजुराको सास्कृतिक महत्वलाई जोगाई राखेको बताए ।

अध्यक्ष विकले प्रतियोगितामा भाग लिनेहरु भविष्यमा राम्रो कलाकार बन्न सक्ने भएकाले यसलाई निरन्तरता दिन अनुरोध गरे । तिज महोत्सवको संयोजक समेत रहेका खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले महिला दिदिबहिनीहरुको महान पर्वमा दाजुभाइहरुले गरेको सहयोग र सहकार्यका लागि धन्यबाद दिइन । कार्यक्रम संयोजक मल्लले देश विदेशमा रहेका नेपाली दिदिबहिनीहरुलाई हरितालिका पर्वको शुधकामना दिइन । मल्लले तीजले महिला दिदिबहिनीहरुलाई रमाउने र मिलन गराउने बतावरण सिर्जना गरेको भन्दै यस खाले कार्यक्रमको आयोजना हरेक वर्ष आयोजना गर्न आवश्यक रहेको बताइन ।

खजुरा गाउँपालिकाका पुर्व अध्यक्ष तथा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले आफुहरुले पुरा गर्न बाँकी रहेका गौरवका योजनाहरुलाई बर्तमान सरकारले पुरा गर्नमा विस्वास व्यक्त गर्दै तिजको शुभकामना दिए र आफु पनि संग सगै नाचे । खजुरा बजारमा आयोजना गरिएको तिज महोत्सवलाई झण्डै ५ हजार बढिले अवलोकन गरेको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष दर्गालाल विश्वकर्माले जानकारी दिए ।

महोत्सवमा सामुहिक तीज नृत्य प्रतियोगितामा सगरमाथा डान्स ग्रुप प्रथम भएको छ । त्यस्तै आर्दश मावि दोस्रो , ज्ञानोदय मावि तेस्रो र मावि मनकामना सान्तावना भएको खजुरा क्षेत्र संरक्षण समितिका सचिव प्रेम बुढाथोकीले जानकारी दिए । महोत्सवमा एकल नृत्य प्रतियोगिता समेत संचालन गरिएको थियो । जसमा प्रतिमा बैगार प्रथम, अरुणा शाहि द्धितिय, विपना थापा तितिय र आयुषा ढकाल सान्तावना भइन । विजयी प्रतियोगिहरुलाई नगद सहित खादा तथा प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।

तीज महोत्सवका झलकहरु

प्रतिक्रिया