
बाँकेको खजुरा गाउँपालिका वडा नम्वर २, ३ र ४ का असाहय तथा गरीव परिवालाई खाद्यान्न तथा राहात सामाग्री वितरण गरिएको छ ।
माइती नेपालको सहयोगमा वडा नम्वर ३ र ४ का बुद्धिजिवी तथा समाजसेवीको सक्रियतामा २० परिवारलाई राहात वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी बागेश्वरी शाखाका सभापति जीवनाथ सापकोटाले जानकारी दिनुभयो । सम्मुखमा रहेको तीज पर्व उनीहरुका लागि खुसीयाली पूर्ण होस् भन्ने उद्देश्यले खाद्यान्नसहितको राहात सामाग्री वितरण गरिएको समाजसेवी केदार गिरीको भनाइ छ ।
कार्यक्रममा माइती नेपालका फिल्ड संयोजक र पुष्पा सुनार, समाजसेवीहरु भीम बहादुर वि क, शिवराज देवकोटा, तुलाराम गिरी, प्रेम खरेल, नन्दा खरेल, शलिल खड्का, महेन्द्र मल्ल , शंकर गिरी, बिकास हरि कोइराला लगायतको उपस्थिति रहेको थियो ।
