परिवर्तन समुहको समन्वयात्मक बैठक बर्दियामा

संजय आचार्य
बर्दिया,भदौ,०७ ।
परिवर्तन समुह चेन्ज टिम को आयोजनामा सुइ बाट लागू औषध प्रयोग प्रयोगकर्ताहरुका लागि संचालित सेभ द चिल्ड्रेनको सहयोगमा एच आइ भी एड्स कार्यक्रम अन्र्तगत सरोकारवालाहरु बिच समन्वयात्मक बैठक बर्दियाको गुलरीयामा मंगलवार सम्पन्न भएको छ ।

संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय बाके मा २०६३ मंसिर २५गते दर्ता भइ परिवर्तन समुहले बाके ,बर्दियामा लागू औषध तथा यसको कुलत उपचार पुनर्स्थापना को लागि काम गर्दै आइरहेको छ ।

आठ वटै पालीका मा काम गरीर्हदा मुख्यत मधुवन नगरपालीका,गुलरीया नगरपालीका र बढैयाताल गाउपालीका अली संबेदनशिल रहेको बतउिदै जिल्लामा ५ वटा सुधार केन्द्र रहेको र बर्दियामा हाल ५ सय ३९ बढि लागु औषध प्रयोगकर्ताहरु रहेको परिवर्तन समुहकी कार्यक्रम अधिकृत अनु चौधरीले बताउनु भयो । नियमित औषधिको प्रयोग गर्न सके लागु औषधबाट सहजै छुटकारा पाउन सक्ने चौधरीले बताउनु भयो ।

समाजमा दिनहुुँ बढदै गइरहेको लागू पदार्थको बढदो प्रयोग तथा यसको असरले कैयौं युवाहरुले अकालमा ज्यान गुमाउनुका साथै कुलतमा परेकाहरु विभिन्न रोगको सिकार हुने गरेको चेन्जका टिम डि आइ सी इन्चार्ज नविन ज्ञवालीले बताउनु भएको छ ।स्थानिय निकाय र प्रशासनको सहयाृेगमा समुदाय स्तरमा गएर बिभीन्न सचेतनाका कार्यक्रम गरीरहेको ज्ञवालीले बताउनु भयो ।

कुलतमा फसेकाहरु घर परिवार तथा समाजबाट राम्रो ब्यवहार पाए उपचारबाट यो रोग निको हुन्छ भन्ने कुरामा आफु बिश्वस्थ रहेको संर्घस उपकार सुधार गृहका सम्भु सुबेदीले बताउनु भयो । संस्थाले स्थापनाकाल देखि नै निरन्तर कार्य गर्दै आइरहेको सुबेदीले बताउनु भयो ।

समय र नियमित औषधिको व्यवस्थापन गर्न सक्नेले लागु औषधबाट सहजै छुटकारा पाउन सक्ने भएकाले यस तर्फ गम्भिर हुनपर्नेमा जोड दिदै समाजमा अझै पनि गलत दृष्टिकोणले हेरिने भएकाले सचेतिकरण आवश्यक रहेको स्वास्थ्य कार्यालय बर्दियाका स्वास्थय प्रमुख गोकर्ण गिरीले बताउनु भएको छ ।

समन्वयात्मक बैठक कार्यक्रममा गुलरीया नगरपालीका ,प्रहरी प्रशासन, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल,लागु औषध तथा एच आई भि सम्बन्धि काम गर्ने संस्थाका प्रतीनिधी लगाएतको उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया