सरकार विरुद्धको आन्दोलनमा भेटेरिनरी एशोसिएसन

नेपालगन्ज : नेपाल भेटेरिनरी एशोसिएसनले देशभरका दर्तावाल पशु चिकित्सकहरुले राखेका मागहरु समेत सम्बोधन गरेर प्रस्तावित पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक अगाडि बढाइयोस् भन्ने माग पटक पटक कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा पेश गर्दै आएको भएपनि माग पुरा नभएको भन्दै विरोध सुरु गरेका छन ।

पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिक विच सामान्य भिन्नता समेत नदेखिने गरी विवादित विषयहरु संबोधन नगरी, द्वैध अर्थ लाग्ने गोलमटोल शब्दहरु राखी सरकारले विधेयक पारित गरेको भन्दै नेपाल भेटेरिनरी एशोसिएसनको गम्भीर आपत्ति रहेकोले आन्दोलन गर्न परेको केन्द्रिय सदस्य डा. शकर न्यौपानेले जानकारी दिए । पारित गरिएको विधेयकका कारण विदेशमा रहेका दक्ष जनशतिm स्वदेश भित्राउने नीति र वातावरण विकास गर्नुपर्नेमा दिनानुदिन वैज्ञानिक जनशतिm पलायन हुने अवस्था सिर्जना भएको एशोसिएसनले विज्ञप्ती जारी गरी जनाएको छ । विधेयकमा भएका कमजोरीलाई राष्ट्रिय सभाबाट सच्याई जायज मागहरु सम्बोधन गर्न समेत एशोसिएसनले माग गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले एशोसिएनले उठाएका जायज मागहरुको नजरअन्दान गरी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद विधेयक पेश गर्ने क्रममा पशु चिकित्सकहरुलाई शहर केन्द्रित भनी तथ्यहीन आरोप समेत लगाउंँदै प्रतिनिधि सभाबाट उक्त विधेयक पेश गरेको र प्रतिनिधिसभाबाट पास समेत भएकोमा नेपाल भेटेरिनरी एशोसिएसनको गम्भीर असहमति र आपत्ति रहेको एशोसिएनका कार्यबाहक अध्यक्ष डा. कृष्ण काफले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । विरोध स्वरुप चरणबद्धरुपमा एशोसिएनले आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

हेर्नुस्, यस्तो छ बिरोधका कार्यक्रम

प्रतिक्रिया