
खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ का युवा अभियान्ता गौरब सापकोटाले जिम क्लव संचालनमा ल्याएका छन । खजुरा बजारमा रहेको आफ्नै घरमा सिआर सेभेन जिम एण्ड फिट्नेस सेन्टर संचालनमा ल्याएका हुन ।
एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले जिम सेन्टरको उद्घाटन गरेका हुन् । खजुराका युवाहरुलाई एकताबद्ध रुपमा लैजान जिम सेन्टर संचालन गरिएको संचालक सापकोटाले जनाए । आधुनिक प्रविधि अपनाइएको जिम सेन्टरमा सापकोटाले १६ लाख बराबरको जिम सामग्री राखेका छन । स्वास्थ्यका लागि १ घण्टा भन्ने भनाईलाई सार्थक बनाउन खजुराका युवाहरुलाई क्लवमा आवद्ध हुन सापकोटाले आग्रह गरे ।




