
बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको संयुक्त गस्ती टोलीले एक सिकारीलाई पक्राउ गरेको छ । पक्राउ सिकारीबाट दुई नाले १२ बोरका बन्दुक १ थान, ३०३ थ्रीनट थ्रीका ४ थान गोली, ओएफभि ए ७ को ६० राउन्ड गोली, १२ बोरको ८ थान कार्तुस, छर्रा २१ थान, पटका २१ रोल, सुकुटी ४ सय ग्रामलगायत बरामद गरिएको छ । त्यस्तै मोटरसाइकल १, मोबाइल ३ थान छालासहित काँचो मासु ७ सय ग्राम पनि बरामद गरिएको छ ।
निकुञ्जमा राखिएको स्वचालित क्यामेराको सहयोगमा उनलाई पक्राउ गरिएको सहायक संरक्षण अधिकृत संजय सञ्जेलले बताए । अनुसन्धानमा प्रभाव पर्ने भएकोले पक्राउ गरिएका नाम सार्वजनिक नगरिएको उनले जनाए । _ekantipur