
बाँकेको क्षेत्र नम्बर ३ मा गत निर्वाचनमा एमालेका नन्दलाल रोकाया विजयी भएका थिए । तत्कालीन नेकपाको साथ पाएपछि जितेका उनी अहिले मैदान नजाने मनसाय बनाइसकेका छन । त्यसअघि २०७० सालको निर्वाचनमा पनि नेपाली कांग्रेसका कृष्णमान श्रेष्ठलाई हराउँदै तत्कालिन एमालेका दलबहादुर सुनार निर्वाचित भएका थिए । अहिले दल बहादुर समाजबादिमा केन्द्रिय सदस्य छन । क्षेत्र नम्बर ३ मा एमालेबाट जिल्ला अध्यक्ष तथा खजुरा गाउँपालिकाका पुर्व अध्यक्ष किस्मत कुमार कक्षपति सचिव रत्न खत्री र बैजनाथ गाउँपालिका पूर्व अध्यक्ष मानबहादुर रुचाल र भिम वलिको नाम मुख्य चर्चामा छ ।
क्षेत्र नम्बर ३ मै गठबन्धनबाट लाइन मिलाएर आउने दाउ कसेका नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, यस्तै यस अघिकै उम्मेदवार बादशाह कुर्मी, महासमिति सदस्य मेघराज वलीको नाम पनि चर्चामा छ । माओवादी केन्द्रबाट यसै क्षेत्रमा पूर्वउपसभामुख पूर्णा कुमारी सुवेदी, प्रदेश सांसद इन्द्रप्रसाद (आईपी) खरेलको पनि चर्चा रहेको छ । एकीकृत समाजवादीको अन्य क्षेत्रमा भन्दा यस क्षेत्रमा सङ्गठन राम्रो भएको मानिने भएकोले नेकपा एकीकृत समाजवादीबाट दलबहादुर सुनारको नाम पनि चर्चामा छ ।
गत निर्वाचनमा यस क्षेत्रबाट एमालेले जित हासिल गरेकाले पनि एमालेका नेता कार्यकर्ता बढि आसाबादी छन । उता गठबन्धन रहेकाले पनि यस पालि जित हासिल गर्न सह रहेको भन्दै स्थानिय तथा केन्द्र स्थरमै यस क्षेत्रको बारेमा चर्चा हुने गरेको छ । सम्भावित उमेद्धवारहरुले क्षेत्र नम्बर ३ मा जाने र आफ्नो अनुकुलको बातावरण बनाउन सुरु गरिसकेका छन । सोहि किसिमको सामाजिक सञ्जालमा प्रवाह भैरहेको देख्न सकिन्छ । नेकपा एमालेले आन्तिरिक तयारी अगाडि बढाइसकेको एक नेताले बताए ।
लगातार २ पटक एमालेले ३ नम्बर क्षेत्रबाट जित हासिल गरिसकेको छ । अहिले पनि पुर्णरुपमा एमालेले आफ्नो ध्यान निर्वाचन केन्द्रित बनाएको छ । विगतको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन सक्रिय भएका भिम ओली यसपटक आफै लड्ने दाउ कसेर बसेका छन । सकभर प्रतिनिधी सभाको उम्मेदवार बन्ने आकांक्षा राखेका उनी पार्टीले अन्तिममा प्रदेश सभाको टिकट दिएपनि लड्ने ओलीको योजना छ । एमाले बाँकेको सचिव खत्रीले पनि प्रतिनिधी सभाको उम्मेदवारको टिकट लाई मुख्य केन्द्र विन्दु मानेर ताकेका छन् । उनी निकट नेताका अनुसार अन्तिममा यदी उनले प्रतिनिधी सभाको टिकट नपाउने अवस्था आएमा प्रदेश सभामा भएपनि लड्ने सोच बनाएका छन् । रत्न खत्रिले चुनावी अभियानमा अग्रसर भएर हाल मम्म अग्रजहरुलाई जिताउन हिडेको तर यसपालि आफै निर्वाचनमा होमिन चाहेका उनका निकट कार्यकर्ताले जनाए ।
एमाले अध्यक्ष किस्मत कक्षपतिले भने संघिय निर्वाचन लड्ने निधो सहित आफ्नो तयारी तिव्र बनाइरहेका छन । कक्षपतिले क्षेत्र नम्बर ३ बाट चुनाव लड्नकै लागि गाउँपालिकाको अध्यक्षमा पुन निर्वाचन लड्न नमानेको उनका नजिकका कार्यकर्ता बताउँछन । माओबादीका आईपी खरेल प्रदेश साम्सद हुन । क्षेत्र नम्बर ३ मा आफुले टिकट नपाए पुन प्रदेशतिरै फर्कन सक्ने उनका नजिकका कार्यकर्ताले आंङलन गर्न थालेका छन ।
३ नम्बर क्षेत्रमा गएको निर्वाचनमा एमालेका नन्दलाल रोकायाले ३१ हजार ६०१ मत ल्याउँदै काँगेसका बादशाह कुर्मीलाई पराजित गरेका थिए । कुर्मीले २५ हजार ६१७ मत ल्याएका थिए । कुर्मी अहिले पनि उम्मेदवारको दाबेदारमा पर्छन् । यहाँ हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्षहरू काँग्रेस २५६८९, एमाले २२१५९, माओवादी १४८१८, राप्रपा ४६४१, जसपा ४१९९, एस २३४८, लोसपाले १०३७ मत ल्याएका छन् ।