
नेपालगन्ज, २९ साउन : नयनराज रावत स्मृति सम्मान तथा पुरस्कार–२०७९ प्रयास फाउण्डेसन बाँकेलाई प्रदान गरिएको छ । ६औं नयनराज रावल स्मृति दिवसको अवसरमा नेपालगन्जमा आयोजित कार्यक्रममा दमयन्ति फाउण्डेशन नेपालले प्रयास फाउण्डेसनलाई नगर १० हजार एक रुपैयाँ सहित सम्मान पत्र प्रदान गरेको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुणकुमार बर्जाचार्य, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, दमयन्ति फाउण्डेसन नेपालकी अध्यक्ष इन्द्राकुमारी जिसीले प्रयास फाउण्डेसनकी अध्यक्ष सन्ध्या शाहलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ मा रहेको प्रयास फाउण्डेसनलाई सामाजिक सेवाको क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै उक्त सम्मान गरिएको कार्यक्रममा जनाइएको छ ।
सम्मानपश्चात प्रयास फाउण्डेसनकी अध्यक्ष शाहले आफूलाई उक्त सम्मानले थप सामाजिक कार्यमा सक्रिय हुन हौसला मिलेको बताइन् ।
त्यस्तै कार्यक्रममा स्वर्गीय नयनराज रावलले लागूऔषध दुव्र्यसनीविरुद्ध गरेका कामहरुका बारेमा चर्चासमेत गरिएको थियो ।