टी–२० विश्वकप छनोट : नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं : आईसीसी टी–२० विश्वकप छनोटको पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)ले जितका लागि दिएको १७६ रनको विशाल विजयी लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट पनि गुमाएको छ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरिरहेको नेपालले युएईका दाहिने हाते मिडियम फास्ट बलर जुनैद सिद्दिकी घातक बन्दा पावर प्ले समाप्त नहुँदै महत्वपूर्ण तीन विकेट गुमाएको हो।

नेपालका ओपनर आसिफ शेख गोल्डेन डक आउट हुन पुगे। उनलाई पहिलो ओभरको चौथो बलमा जुनैदले एलबीडब्लू आउट गर्दै क्रिजबाट बाहिर पठाइदिए।

यसअघि जारी प्रतियोगिताको समूहण चरणअन्तर्गत क्यानडाविरुद्धको खेलमा उनले १७ रन बनाएका थिए। यता, फिलिपिन्ससँगको खेलमा भने उनी गोल्डेन डक आउट भएका थिए। प्रतियोगिताकै पहिलो खेलमा अर्थात् ओमानविरुद्धको खेलमा उनी ४ रनमा समेटिएका थिए।

त्यसअघि ओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मेलित चार देशीय टी–२० आई सिरिजमा पनि उनको खराब लय कायमै थियो। उनले आयरल्याण्डविरुद्धको खेलमा २३ रन बनाए भने युएईविरुद्धको खेलमा ३४ रन बनाएका थिए।

यस्तै, युवा ब्याटर लोकेश बम पनि गोल्डेन डक आउट भए। उनी पहिलो ओभरको अन्तिम बलमा जुनैदले मोहम्मद वासिमको हातबाट क्याच आउट गराए।

पिलिपिन्सविरुद्धको खेलमा शतक प्रहार गरेका ओपनर कुशल भुर्तेल पनि क्रिजमा टिक्न सकेनन्।

उनलाई जुनैदले दोस्रो ओभरको अन्तिम बलमा वृत्य अरविन्दको हातबाट क्याच आउट गराइदिए।

प्रतिक्रिया