दर्शकले खोजेको ‘प्रकाश’

नेपालगन्ज, २७ साउन :

‘के होला नाउ ?’ दृश्यविहिन प्रश्नको जवाफमा अभिनेत्री दिया मास्केको आवाज सुनिन्छ ‘सुर्जे बहादुर रोकाया’ ।

‘मृतक हो कि बेपत्ता ?’ यो प्रश्नले झस्किएकि मास्केको पहिलो लुक्स देखिन्छ । सबैभन्दा पहिला कर्णाली प्रदेशतिरको भेषभुषामा उनलाई दर्शकले देख्न पाउछन् । उनका आँखामा बगेको आँसुले द्धन्द्धमा बेपत्ता पारिएका परिवारको भाव महसुस गर्न सकिन्छ । आखाँ नझिम्काई ३ सेकेन्डसम्म उनले हेरिरहेको दृश्य फोटोजस्तै देखिन्छ । तर यसैले धेरै कुरा बोलेको छ ।

नेपाली सिनेमामा धेरै डाइलगहरु जबरजस्ती थुपार्ने प्रवृतिमा अझै कमी आउन सकेको छैन । दर्शकले सहजै बुझ्न सक्ने दृश्यमा डाइलग आवश्यक हुदैँन । यो बुझेका निर्देशक र लेखकले ‘प्रकाश’ चलचित्रको टिजर गज्जबले प्रस्तुत गरेका छन् ।

यति मात्रै होइन, यति दृश्यले नै यो चलचित्रले नेपाली मौलिकपन बोकेको कथा उठाएको महसुस हुन्छ । पछिल्लो समय निर्माताहरुले यस्ता आर्ट चलचित्रमा लगानी गर्ने आँट गर्नु चानचुने कुरा होइन । निर्माताहरुको उद्येश्य चलचित्रको लगानी उठाउने र व्यापार सबै चलचित्र भन्दा राम्रो गर्ने चाहाना हुन्छ ।

यस्ता चलचित्रका दर्शकहरु थोरै छन् । अझैपनि यस्ता चलचित्रहरु हलमा धेरै रुचाइदैनन् । तर चलचित्र क्षेत्रमा बलियो इटाका रुपमा रहन्छन् । जस्तो ः हामीकहाँ पुस्तक, ग्रन्थहरु धेरै लेखिन्छन् । त्यसमध्यका केहि पुस्तक र ग्रन्थहरु मात्रै मानीन्छन् । लामो समयसम्म रहिरहन्छन् । तीनको मुल्य एक सीजनको व्यापारले मात्र गन्न सकिदैन ।

हुन त सबै चलचित्र यहि धारका हुनुपर्छ भन्ने जरुरी पनि छैन । किनकि सधै हामीलाई गम्भिर भएर दिमाग खियायर चलचित्र हेर्ने मन हुँदैन । त्यसैले फरकफरक धारका चलचित्रहरु बनीरहनुपर्छ ।

एउटा चलचित्र बन्नु भनेको यो क्षेत्रमा एउटा इटा थपिनु हो । फरक यत्ति हो त्यो इटा पानी पर्दा गल्छ या जस्ताको तस्तै रहन्छ ।

‘प्रकाश’ नगल्ने इटा हो मेरो बुझाईमा ।

नेपाली चलचित्र हेर्न भनेर युट्युवमा सर्च गर्दा पोष्टरहरु नै आर्कषक लाग्दैनन् । जब पोष्टरले नै तान्दैन । त्यो भित्रको चलचित्रले के तान्ला भन्ने महसुस हुन्छ । हुन त कभर हेरेर बुकलाई जर्ज गर्न सकिदैन । तर कभर पनि अहिलेको आवश्यक्ता हो ।

चलचित्रको सुरुवातमै चर्को चर्को व्यागराउण्ड, कलाकारको चर्को आवाजमा गरिएको अभिनय, अनावश्यक डाइलग भएका चलचित्रहरु स्किप गरेर भएपनि हेराँै कि भन्ने लाग्छ । तर कलाकारको ओभर एक्टिङ, चर्को व्यागराउण्डका कारण राम्रो कन्टेन्ट भएपनि धेरै चलिचित्र अधुरो छोडेको अनुभव छ ।

पछिल्लो समय केहि चलचित्रमा यी महत्वपुर्ण कडिमा विस्तारै सुधार हुँदै गएको छ । विम्बको प्रयोग हुन थालेको छ । धेरै कुरा दृश्यलाई बोल्न दिइएको छ । यो चलचित्रको मन परेको पक्ष पनि यहि हो ।

टिजर हेरिरहदा यो नेपालको कथा हो भन्ने महसुस भयो । जसरी यसभन्दा अगाडि अधिकांश चलचित्रमा शहरी क्षेत्र, महलजस्ता घरहरु, सुकिला लुगा लगायतका कलाकार मात्रै देखिन्थे । केटा र केटिविचको प्रेमको विषयमा मात्र बन्ने चलचित्रहरु अन्य विषयमा पनि बन्न थालेछन् । यस्ता चलचित्रमा हिरो, हिरोइनको जरुरत नै छैन । बस् मुख्य पात्र र सहायक पात्रहरु सबै आफ्नो भूमीकामा अब्बल देखिन्छन् ।

यसमा लेखक, निर्माता, निर्देशकहरुको बुझाई गहिरो र संवेदनशिल रहेको प्रष्ट हुन्छ । एउटा सिनेमाले ठुलो व्यापार गर्नु मात्र सफलता होइन । लामो समयसम्म दर्शकको मानसपटलमा रहिरहनु र कहिँकतै कसैको जीवनमा परिवर्तन आउनु ठुलो सफलता हो । जुन प्रत्यक्ष रुपमा नदेखिन पनि सक्छ । अझ केहि पुस्तक, केहि चलचित्रहरुले देशको कानुन नै परिवर्तन गर्न वाध्य पारिदिएका छन् । समाज नै परिवर्तन गरिदिएका छन् । तर सबै चलचित्र यस्तै हुनुपर्छ भन्ने पनि होइन ।

सिनेमा त्यो देशको, त्यो समाजको दर्पण हो । जहाँ त्यस क्षेत्रका मानीसहरुको बोलिचाली, रहनसहन, लवज, भेषभुषा देखिनुपर्छ । एउटा विदेशीले सिनेमा हेर्न पाउदा त्यस देशको ठाँउ देख्न पावस्, लवाईखवाई, भाषा, चलन, भेषभुषा देख्न पावस् ।

हामीकहाँ कथाहरु थुप्रै छन् । सिनेकर्मीहरु व्यापारलाई मात्र मध्यनजर गरेर चलचित्र बनाउछन् भने हामीले ती कथा कहिले हेर्न पाउने ? यति धेरै लगानी गल्ने इटामा मात्रै किन ?

हो, अहिलेका चलचित्रमा कलाकारहरु संवेदशिल बन्दै गएका छन् । अध्ययन, अनुसन्धान गरेर अभिनय गर्न थालेका छन् । ‘प्रकाश’ चलचित्रकै क्रममा कलाकार प्रदिप खड्का अनामनगरसम्म खाली खट्टा हिडेको, जुम्लामा बसेर केहि समयको अध्ययनपछि अभिनय गरेको उदाहरणले चौतर्फी प्रशंशा बटुलीरहेको छ । चलचित्र लेखनकै लागि लेखक विकास सुवेदी ५–६ महिना जुम्ला नै बसेका थिए । दिया सहितको अन्य टोलीले समेत जुम्लाको जुन क्षेत्रको कथा हो त्यस क्षेत्रमा अध्ययन गरेको थियो ।

केहि समय अघि ‘चिसो मान्छे’ मा नायिका स्वस्तीमा खड्काको लुक्सले चलचित्र हेर्ने हुटहुटि बढाएको थियो । सिनेमा हेर्दा अन्य नेपाली सिनेमाभन्दा सबै पक्ष अब्बल छ । तर कताकता केहि छुट्यो कि भन्ने लागिरह्यो ।

यहि समयमा हेर्न पाएको ‘प्रकाश’को टिजरले एउटा खुशी थपिदियो । आशा जगाइदियो । अभिनयमा अब्बल ठहरिदै आएकि दिया मास्केको यो लुक्सले आंङ नै सिरींग भो । कर्णालकीका महिलाजस्तै तमाखु तानेको दृश्य र व्यागराउण्डमा रेखा जोशीको आवाजमा गाइएको म्युजीक विनाको गीतले अहिले सुन्दा पनि जीउमा काँडा उम्रिन्छ ।

नायक प्रदिप खड्काको फरक रुप र अभिनयले पनि चर्चा पाइरहेको छ । उनीद्धारा अभिनित ‘प्रेमगीत ३’ ले बलिउडमा नेपाली सिनेमाको चर्चा छ । भ्वाइस आर्टिष्टहरु नेपालमा पनि यस्तो चलचित्र बन्ने रहेछ भनिरहेका छन् । केहि बजेट सुनेर दंग परिरहेका छन् ।

प्रदिपलाई ‘प्रकाश’ र ‘प्रेमगीत ३’ को प्रचारप्रशारमा भ्याइ नभ्याई छ । यी दुवै चलचित्रले दर्शकहरुलाई आशा जगाएका छन् ।

नेपालमा यतिबेला धेरै दर्शकहरुमा ‘प्रकाश’ चलचित्रको पर्खाइ छ । भाद्र १० गते देशैभर एकैसाथ प्रर्दशनमा आउन लागेको यो चलचित्रले नेपाली सिनेक्षेत्रमा एउटा नयाँ आयाम थप्ने छ । आशा छ टिजर र लुक्स अनुसारको चलचित्र पनि बनेको छ ।

चलचित्र टिमले नेपालगन्जमा समेत प्रचारप्रसार गरेको छ । लेखक : निशु जोशी, नेपालगन्ज

प्रतिक्रिया