चलचित्र ‘प्रकाश’ : शिक्षक बन्ने सपनामा आधारीत

नेपालगन्ज : भाद्र १० गते देशैभर एकैसाथ प्रर्दशनमा आउन लागेको चलचित्र ‘प्रकाश’का बारेमा नेपालगन्जमा पत्रकार सम्मेलन गरिएको छ । जुम्लि कथामा आधारित चलचित्र ‘प्रकाश’ ले नेपाली चलचित्र क्षेत्रमा बेग्लै कथा बस्तु समटेको निर्माण पक्षले जनाएको छ ।

चलचित्र ‘प्रकाश’का नायक प्रदिप खड्काले फिल्मले दिन खोजेको सन्देशबाट प्रभावित भई आफु आवद्ध भएको प्रतिक्रिया दिए । नायक खड्काले अहिलेसम्मकै उत्कृष्ठ कथाका रुपमा यस चलचित्रलाई लिएको जनाए । नायक खड्काले कर्णालीलाई चिनाउन र अघि बढाउन चलचित्र ‘प्रकाश’ कोषेढुंगा सावित हुने उल्लेख गरे । चलचित्र ‘प्रकाश’मा आमाको भुमिकामा रहेका कलाकार दिया मास्केले पहिचानको खोजिमा सिता आमाको भुमिकामा (दिया) र छोरा ‘प्रकाश’को भुमिकामा नायक प्रदिप खड्का रहेको बताइन ।

आफु एक एकल महिलाको रुपमा समाजमा सघर्ष गर्ने पात्रका रुपमा रहेको जानकारी दिइन । पत्रकार संमेलनमा उनले नायक प्रदिपलाई सबैले चकलेटी चकलेटी भनेको सुन्दा त्यस्तो महसुस नभएपनि अनुहार नै राम्रो भएको भन्दै नायकलाई जिस्किएकी थिइन । जुम्लि परम्परा र रितिरिवाजका आधारित तयार पारिएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रसार प्रचारमा हिडेको टोलिले विभिन्न क्षेत्रमा गएर सात्क्षातकार गरिरहेको छ । फिल्मका निर्माता महेन्द्र अधिकारीले २ करोड ५० लाख लगानी फिल्ममा लागिसकेको बताउँदै ‘प्रकाश’ चलचित्रले पश्चिम नेपालको अवस्था चित्रण गर्ने बताए ।

चलचित्रका लेखक विकास सुवेदीले जुम्लाको युवा सरकारी विद्यालयको शिक्षक बन्ने सपनामा आधारीत रहेको बताए । लेखक सुवेदीले नेपाली चलचित्रले छुटाएको विषयबस्तु ‘प्रकाश’ चलचित्रमा हेर्न सकिने उल्लेख गरे । चलचित्र लेखनकै लागि सुवेदी ५–६ महिना जुम्ला नै बसेका थिए ।

प्रतिक्रिया