शिक्षक पाटेश्वरले आफ्नी छोरी र किशोरबीच प्रेम भएको थाहा पाएपछि छोरीलाई नै फोन गर्न लगाए, भेटन् बोलाए र किशोरलाई निर्घात कुटपिट गरेको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् ।
मन्सारामलाई निर्घात रुपमा कुटपिट गरेपछि नक्कली कागज बनाएको प्रहरीले जनाएको छ ।
‘यादवलाई कुटपिट गरेपछि शिक्षक पाटेश्वर यावदले रातीको समयमा चोरी गर्न आएको हुँ भन्ने स्वीकार्न बाध्य बनाइ नक्कली कागज बनाएको पाइयो’, प्रहरी निरीक्षक केसीले भनिन्, ‘घटनाको प्रकृति हेर्दा योजनाबद्ध ढंगबाट कुटपिट गरेको र चोरी स्वीकार्न लगाएको कागज घटनास्थलबाट पाइएको छ ।’
कागजमा आफू चोरी गर्न आएको र सोक्रममा घरधनीले फेला पारी सामान्य कुटपिट गरेको र प्रहरीमा उजुर गर्ने छैन भनी स्वीकार्न लगाइएको छ ।
पीडित मन्सारमले आफूमाथि कुटपिट भएको भन्दै साउन २३ गते गढवामा जाहेरी दिएका थिए । प्रहरी निरीक्षक केसीका अनुसार मन्सारामलाई कुटपिट गरेको आरोपमा शिक्षक पाटेश्वर यादव र यादवका दाइ धीरबहादुरलाई घटनाको दुइदिन पछि प्रहरीले पक्राउ गरेको हो । कुटपिटमा संलग्न ३ जना भने अझै फरार रहेको गढवा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई म्याद थप गरि अनुसन्धान भइरहेको छ ।