खजुरा आर्दशका पुर्व विद्यार्थिहरुद्धारा विद्यालयलाई डिजिटल बोर्ड सहयोग

खजुरा : बाँकेको खजुरामा रहेको आदर्श माध्यमिक विद्यालयका पुर्व विद्यार्थिहरुले आफु अध्ययन गरेको विद्यालयलाई डिजिटल एलइडि डिस्प्ले बोर्ड प्रदान गरेका छन । विद्यालयलाई डिजिटल प्रविधिमा अघि बढाउन उनिहरुले डिस्प्ले बोर्ड प्रदान गरेका हुन । २०६४ सालमा एस एल सी दिएका विद्यार्थीहरुले ५० हजार मूल्य बराबरको डिजिटल घडि डिस्प्ले बोर्ड विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य बहादुर रानाभाट(नेत्र) लाई हस्तान्तरण गरेका हुन ।

हाल अध्ययन गरिरहेका विद्यार्थिहरुलाई समयको महत्व सगैं आफ्नो जिम्ममेवारीको महसुस गरुन भन्ने उदेश्यले उक्त डिजिटल बोर्ड प्रदान गरिएको पुर्व विद्यार्थि तेज बहादुर खड्काले बताए । हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र सापकोटा लगाएत शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको पुर्व विद्यार्थि खड्काले जानकारी दिए । विद्यार्थिहरुले यस किसिमको सहयोगी भावना बोकेर सहयोग गर्दा अन्य विद्यार्थिहरुमा पनि हौसला मिलेको विद्यालयका प्रधानाध्यापक सापकोटाले बताउनुभयो ।

आर्दश माविमा अध्ययन गरि हाल विभिन्न क्षेत्रमा रहेका पुर्व विद्यार्थिहरुले आफ्नो विद्यालयको माया मानेर गरेको सहयोगलाई विद्यालयको एक प्रगतिका रुपमा लिएको व्यवस्थापन समितिका अध्यक्ष रानाभाटले उल्लेख गरे । पुर्व विद्यार्थिहरुले विद्यालयको शैक्षिक अवस्थाको बारेमा पनि छलफल गरेका छन । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न उनिहरुले विद्यालय परिवारलाई सुझाव समेत दिएका थिए । विद्यालयमा आवश्यक पर्ने अन्य कुराहरुमा पनि आगामि दिनमा सहयोगी भुमिका निभाउने प्रतिवद्धता विद्यार्थिहरुले गरेका थिए ।

प्रतिक्रिया