आचार्यको अध्यक्षतामा क्रियाशील पत्रकार समूह पुर्नगठन

साउन, कोहलपुर : कोहलपुर क्षेत्रमा रहेका क्रियाशील, श्रमजिवी पत्रकारहरुको भेला कोहलपुरमा सम्पन्न भएको छ ।

कोहलपुरमा क्रियाशील पत्रकारहरुको भेलाले पत्रकार निर्मल आचार्यको अध्यक्षतामा क्रियाशील पत्रकार समूह पुर्नगठन गरेको छ । आचार्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

भेलाबाट समूहको उपाध्यक्षमा सरला सुवेदी, महासचिवमा रबि रोकाया, कोषाध्यक्षमा रबिन्द्र सिंह ठकुरी, सचिवमा पवित्रा परिवार र आरती कट्टेल चयन भएका छन् । यस्तै समतिको सदस्यहरुमा कृष्ण चौधरी, शुभाकर विश्वकर्मा, विवेक रेग्मी, कल्पना कार्की, धना के.सी. बिजय परियार, प्रदिप आचार्य, कल्पना शाही, रामकृष्ण छिनाल चयन भएका छन् ।

कोहलपुर क्षेत्रमा कार्यरत क्रियाशील, श्रमजिवी पत्रकार/सञ्चारकर्मीहरु संगठित गर्ने उद्देश्यले कोहलपुर क्षेत्रमा रहेका सञ्चारगृहमा कार्यरत पत्रकार/सञ्चारकर्मीहरुको भेलाले १५ सदस्यिय कार्यसमिति पुनर्गठन गरिएको अध्यक्ष आचार्यले बताए । समूहले विशेष गरी सञ्चार प्रवद्र्वनमा केन्द्रित रहेर मोफसलका पत्रकार/सञ्चारकर्मीहरुका साझा समस्या समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताइएको छ ।

सञ्चार क्षेत्रलाई बद्नाम हुने गतिविधी बढ्दै गइरहेकाले कोहलपुर क्षेत्रमा कार्यरत पत्रकार/सञ्चारकर्मीहरुलाई पत्रकार आचारसंहिता पूर्ण रुपमा पालना गर्ने गराउने वातावरण सिर्जना गर्दै पत्रकार/सञ्चारकर्मीहरुको नाममा कहि कतै अनुचित गतिविधी भएको खण्डमा निगरानी गर्ने र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर आचारसंहिता विपरित हुने अनुचित गतिविधीहरु निरुत्साहित गर्ने समूहको उद्देश्य रहेको पुर्नगठित समूहका अध्यक्ष आचार्यले बताएका छन् ।

प्रतिक्रिया