नेपालगन्ज : नेपाल वन पैदावार उद्योग व्यवसायी संघ बाँकेका नवनिर्वाचित कार्यसमिति पदाधिकारीले आज पदभार ग्रहण गरेका छन ।
नवनिर्वाचित अध्यक्ष टेकबहादुर पुन लगायत कार्यसमिति पदाधिकारीले पदभार ग्रहण गरेका हुन । संघका निर्वतमान अध्यक्ष सुरेश चन्दले नवनिर्वाचित अध्यक्ष पुनलाई माईन्युट हस्तान्तरण गरि पदबाहली गराएका थिए । निर्वाचन अधिकृत एवम् अधिवक्ता तिर्थराज ज्ञवालीले नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए । संघको छैठौं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति पदाधिकारी निर्विरोध निर्वाचित गरेको थियो ।
पदभार ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका पुर्वकेन्द्रिय अध्यक्ष एवम् सल्लाहकार कपिलप्रसाद अधिकारी, निर्वतमान अध्यक्ष चन्द, पुर्वअध्यक्ष रविन्द्र लम्साल, नवनिर्वाचित कार्यसमिति पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
संघको अधिवेशनबाट अध्यक्षमा पुन, वरिष्ठ उपाध्यक्षमा दुर्गा बहादुर राना (राजु), प्रथम उपाध्यक्षमा नरेश केसी र द्धितिय उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा महासचिवमा सिजापति उपमहासचिवमा जुगलाल थारु, कोषाध्यक्ष ओमप्रकाश शर्मा र सहकोषाध्यक्ष श्यामप्रसाद नेपाल, सदस्यमा कमारो केसी, खिमबहादुर थापा, दीपककुमार ढकाल, लियाकत अलि हल्वाई, रज्जुलाल तेली र राजु तामाङ निर्वाचित भएका थिए ।
यस्तै संघको पहिलो कार्यसमिति बैठकले यज्ञकुमारी बस्नेत, सिताकुमारी चौधरी र गणेश शर्मालाई मनोनित गरिएको थियो । पदभार ग्रहण गरिसकेपछि नवनिर्वाचित अध्यक्ष पुनले वन पैदवार उद्योगी ब्यवसायीका समस्या र चुनौतीलाई अन्त्य गर्न काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । अध्यक्ष पुनले उद्योगिहरुलाई अप्ठारोमा पार्ने गरि निमावलि सरकारले ल्याएको र यसको परिमार्जन तर्फ आफ्नो समितिको विषेस ध्यान गएको उल्लेख गरे । उनले उपभोक्ता मारमा पर्ने गरि सरकारले ल्याएको निमावलीलाई तत्काल परिमार्जन गर्न वा हटाउन माग समेत गरे । व्यवसायि लाई धेरै कर लगाउनु भनेको त्यसको प्रतक्ष उपभोक्ताले बेहोर्नुपर्ने भएकाले उपभोक्ता मैत्रि करनिति ल्याउनुपर्नेमा जोड दिए । मुल्य बृद्धिका कारण काठको मुल्य पनि बढिरहेको अध्यक्ष पुनले जनाए ।