
अपाङ्गता सशत्तिकरण एंव सञ्चार केन्द्र (डेक) नेपाल, बाँकेले आफ्नो १५ औं बार्षिक साधारण सभा तथा छैठौ अधिवेसनले हरिकला थापालाई पुन : अध्यक्षमा निवार्चित गरेको छ । एक कार्यकाल अध्यक्ष भएर आफ्नो कार्यकौशल निर्वाह गरिसक्नुभएका थापालाई अधिवेसनले पुन अध्यक्ष चुनेको हो । आगामि ३ वर्षका लागि हरिकलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । उपाध्यक्षमा इन्द्र बहादुर थकाली, सचिवमा गोर्कण अर्याल, सह सचिवमा पुर्णिमा शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, कोषाध्यक्षमा ललित कठायत, सदस्यमा झक्कु पोखरेल, दुर्गा लखेर, अजय शर्मा र सुनम सोनी निर्विरोध निर्वाचित हुनुभएको डेक नेपालका कार्यकारी निर्देशक देवीदत्त आचार्यले जानकारी दिनुभयो ।
