‘अपाङ्गता सशत्तिकरणमा डेक नेपालको भुमिका महत्वपुर्ण’

नेपालगन्ज : अपाङ्गता सशत्तिकरण एंव सञ्चार केन्द्र (डेक) नेपाल, बाँकेले आफ्नो १५ औं बार्षिक साधारण सभा तथा छैठौ अधिवेसन सम्पन्न गरेको छ । दिगो विकास, सम्बृद्धिको आधार, अपाङ्गता मैत्री पहुँचयुक्त पुर्वधार भन्ने नारा सहित स्थापना भएको डेक नेपालले आफ्नो १५ औं बार्षिक साधारण र अधिवेसन बाँकेको खजुरामा सम्पन्न गरेको हो । डेक नेपालका अध्यक्ष हरिकला थापाको सभापतित्वमा सम्पन्न साधारण सभामा लुम्बिनी प्रदेशका सांसद उसा पुनको प्रमुख आतिथ्यमा भएको थियो । मंगल प्रसाद माविमा अध्ययन गर्ने दृष्टी विहिन विद्यार्थिहरुले स्वागत गित बाट अथिति पाहुनालाई स्वागत गरेका थिए ।

राप्ती बहिरा संघ दाङका कार्यकारी निर्देशक प्रतिमा शर्माले डेक नेपालले हजारौ अपाङ्गता भएकाहरुका लागि काम गरेको भन्दै अझैपनि पैरवीको कार्यलाई शसक्त बनाउन आग्रह गर्नुभयो । खजुरा गाउँ पालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपानेले डेक नेपालले स्थानिय सरकारसंग समन्वय सकहकार्य गरेर काम गर्दा सरकारले लिएको लक्ष्य प्राप्तीका लागि सहज बनेको बताउनुभयो । दैनिक जिवनलाई सहज बनाउनका साथै अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि महत्वपुर्ण भुमिका निर्भाह गरेको उल्लेख गनुभयो । गैर सरकारी संस्था बाँकेका अध्यक्ष नमस्कार शाहले गैर सरकारी संस्थालाई नियमन गर्ने निकाय कमजोर रहेको बताउनुभयो । ५० हजारको संख्यामा नेपालमा गैरसरकारी संस्था रहेको भएपनि कमै मात्रमा सामाजिक कार्यमा क्रियासिल बनेको उल्लेख गनुभयो । निरन्तर अविछिन्न ढङले डेक नेपाल अपाङ्गता भएकाहरुको हक हितका पक्षमा लागिपरेको भन्दै थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजय शर्माले अझै पनि स्थानिय तहहरुमा अपाङ्गता भएकाहरुलाई हेर्ने दृष्टि अन्य सरह नभएको बताउँदै यसतर्फ गम्भिर हुनपर्नेमा जोड दिनुभयो । शर्माले डेक नेपालले विभिन्न परियोजना संचालन गरेर अपाङ्गता भएकाहरुको क्षमता अभिवृद्धि गर्ने, पैरवी गर्ने लगाएतका काम गरेको भन्दै धन्यबाद ज्ञापन गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासंघका संघिय सचिव भावुक जंग थापाले डेक नेपालका कारण धेरै सबै प्रकारका अपाङ्गता भएकाहरुको लागि काम गरेको जसले गर्दा अपाङ्गता क्षेत्रमा ठुलो टेवा पुगेको बताउनुभयो । अपाङ्गता मैत्रि बातावरण सबै निकायहरुमा अझै स्थापना हुन नसकेको भन्दै उहाँले यस तर्फ चासो बढाउन आग्रह गर्नुभयो ।

डेक नेपालका सल्लाहकार अशोक कोइरालाले सबै क्षेत्रमा रहेका अपाङ्गता भएकालाई खोज्ने, आश्रय दिने र अवसर दिने कार्य गरेको भन्दै प्रसन्सा गर्नुभयो । डेक नेपालले बाँकेको बैजानाथ र राप्ती सोनारीमा अपाङ्गता भएकाहरुका लागी बसोबास गर्ने बाताबरण मिलाएको छ तर व्यवस्थापनमा स्थानिय सरकारले चासो नबढाउदा संचालन गर्न समस्या हुने गरेको उल्लेख गर्नुभयो । नेपालगन्ज उप महानगरपालिकाका नि वर्तमान उप मेयर उमा थापामगरले डेक नेपालले राज्यको आखामा पर्न नसकेको विषयलाई सस्थागत गर्न सफल भएकोमा धन्यबाद ज्ञापन गरिन । अपाङ्गता भएकाहरुले जान्न बुझनका लागी डेक नेपालको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो । अपाङ्गता भएकाहरु आफुपनि आफ्नो क्षमता बढाउन अघि बढ्नुपर्नेमा जोड दिनुभयो । स्थानिय सरकार सम्मै अपाङ्गता भएकाहरुको अधिकार स्थापित भएको र त्यसको कार्यन्वयनमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले खजुरा गाउँपालिका सरकारले गर्ने काम पनि डेक नेपालले गरिदिएको बताउनुभयो । गाउँपालिकाले गर्न पर्ने कामलाई डेक नेपालले काम गर्दा सहजता भएको र आगामि दिनमा थप सहकार्य सहयोग गर्नेमा प्रतिवद्धता व्यक्त गर्नुभयो । बैजानाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले स्थानिय तह अपाङ्ग मैत्रि नभएको पाइएकोमा त्यसलाई सुधार गर्दै सम्पुर्ण भौतिक पुर्वधार अपाङ्गमैत्रि बनाउन लागेको उल्लेख गर्नुभयो । अपाङ्गता भएका व्यत्तिहरुलाई अघि बढाउन पालिकाले सक्रिय भुमिका निर्वाह गर्ने बताउनुभयो । बैजानाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहिले स्थानिय सरकारको अपाङ्गता भएकाहरुका लागी केहि उपलव्धी मुलक कार्यका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । बैजानाथले मात्र अपाङ्गता भएकाहरुका लागी ३० लाख बजेट छुट्टाएको जानकारी दिनुभयो । अब बन्ने भौतिक संरचनाहरु अपाङ्गमैत्रि नहुदा सम्म स्वीकृती नदिने उल्लेख गर्नुभयो । बैजानाथ गाँउपालिकालाई अपाङ्ग मैत्रि गाउँपालिका बनाउने अध्यक्ष शाहिले बताउनुभयो ।

पुर्व संविधान सभा सदस्य देवराज भारले अपाङ्गता भएकाहरुका लागि डेक नेपालले गरेको कार्य प्रसन्शा योग्य रहेको बताउनुभयो । अपाङ्गता क्षेत्रमा धेरे उपलव्धी भएको बताउँदै भारले अपाङ्गताको क्षेत्र सम्मानित जिवनको मार्ग हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । अपाङ्गता क्षेत्र उपेक्षित हुदै आएकोमा यसलाई सबैको चासोको विषय बन्नपर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका लुम्बिनी प्रदेशका सांसद उसा पुनले अपाङ्गता क्षेत्रमा राज्यले अझै धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो ।

अपाङ्गता भएकाहरुको विषयमा डेक नेपालले अभिभाकत्व निर्वाह गरेको उल्लेख गर्नुभयो । डेक नेपाल गाउँगाउँ बस्तिमा पुगेर काम गरेको र त्यसले सकारात्कम सन्देश प्रवाह गरेको उहाँले बताउँनुभयो । प्रदेश स्तरमा पनि अपाङ्गता भएकाहरुका लागी पहलकदमी कदम चाल्ने प्रतिवद्धता व्यक्तगर्नुभयो । डेक नेपाल बाँकेका अध्यक्ष हरिकला थापाले अपाङ्गता भएकाहरुको समस्या समाधान गर्न सफल हुन सकेको उल्लेख गर्दै धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रमको संचालन धिरेन्द्र विकले गर्नुभएको थियो ।

प्रतिक्रिया